१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार o८:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

वाटर स्पोर्टस् र नारा पोखरालाई उपाधि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o८:५१:oo

 वाटर स्पोर्टस् नेपाल र नारा पोखराले प्रथम राष्ट्रिय ड्रागन बोट रेस प्रतियोगिताको उपाधि जितेका छन् । पाँच सय मिटर वाटर स्पोर्टस् र दुई सय मिटरमा नारा पोखरा च्याम्पियन बनेका हुन् ।

वाटर स्पोर्टस्ले निर्धारित दूरी तीन मिनेट ५७.१९० सेकेन्डमा र नारा पोखराले एक मिनेट ४३.४८० सेकेन्डमा पूरा गरेका हुन् । पाँच सय मिटरमा नारा पोखरा दोस्रो र नेपाली सेना तेस्रो भए । दुई सय मिटरमा वाटर स्पोर्टस् दोस्रो र हर्पन फेवा मत्स्य सहकारी तेस्रो भएका छन् ।

महिलातर्फको पाँच सय मिटरतर्फ बेगनास डुंगा व्यवसायी समिति पहिलो भयो । दुई सय मिटर महिलामा दुई मिनेट १७.३४० सेकेन्डका साथ बेगनास मत्स्य व्यवसायी समिति पहिलो भएको छ । प्रतियोगितामा विभिन्न १४ टोलीले प्रतिस्पर्धा गरेको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका निमित्त प्रमुख नवीन पोखरेलले जानकारी दिए । पाँच सय मिटरतर्पmका विजेताले दुई लाख, दोस्रोले एक लाख २५ हजार र तेस्रोले ६० हजार रुपैयाँ पाए । 

ad
ad