Skip This
नेपालको लेखाप्रणाली उत्कृष्ट छ : विश्व बैंक उपाध्यक्ष
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत १३ मंगलबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o चैत १३ मंगलबार o७:३o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपालको लेखाप्रणाली उत्कृष्ट छ : विश्व बैंक उपाध्यक्ष

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o चैत १३ मंगलबार o७:३o:oo

विश्व बैंकले नेपालको लेखाप्रणाली धेरै उत्कृष्ट रहेको बताएको छ । विश्व बैंककी उपाध्यक्ष एवं फाइनान्स र अकाउन्ट हेर्ने निर्देशक पामेला ओ कोनेलले सोमबार अर्थमन्त्री वर्षमान पुन अनन्तसँगको भेटमा यस्तो बताएकी हुन् । नेपालको लेखाप्रणाली विश्वसनीय र व्यवस्थित रहेको उनको भनाइ छ । ‘मैले केही दिनअघि महालेखा परीक्षकको कार्यालय र कोष तथा लेखा नियन्त्रण कार्यालयको भ्रमण गरेकी थिएँ,’ उनले भनिन्, ‘नेपालको लेखाप्रणाली धेरै विश्वसनीय र उत्कृष्ट रहेको पाएँ ।’

लेखाप्रणालीमा अपनाइएको पेपरलेस पद्धतिले सुशासनका लागि प्रभावकारी काम गर्ने उनको भनाइ थियो । जवाफमा मन्त्री पुनले १२ वर्षअघि आफू पहिलोपटक अर्थमन्त्री भएका वेला राजस्व र लेखामा कम्प्युटरमा हिसाब राख्ने प्रविधि लागू गरेको स्मरण गर्दै परिवर्तित सन्दर्भमा थप प्रविधिमैत्री र सेवाग्राहीमैत्री बनाउने गरी सुधार गर्ने उल्लेख गरे । 

मन्त्री पुनले नेपालको खर्च गर्ने क्षमता बढाउनुपर्ने आवश्यकता रहेको भन्दै त्यसका लागि जनशक्ति विकाससहित कार्यशैली सुधारका काम गर्ने कार्ययोजना मन्त्रालयले बनाएको जानकारी दिए । विकास आयोजनाका काम अघि बढाउने सिलसिलामा आउने समस्या समाधानका लागि अन्तरमन्त्रालय समन्वयका काममा पनि वर्तमान सरकार बनेयता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष ध्यान दिँदै आएको उनको भनाइ थियो ।