१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ३ बिहीबार १o:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

नेपाल एनपिजिए टुर च्याम्पियनसिप आजदेखि

नाडीमा लागेको चोटका कारण नेपाल नम्बर एक प्रोफेसनल गल्फर शुक्रबहादुर राईले प्रतियोगिता गुमाए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १o:oo:oo

सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत छैटौँ सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिप सोमबारदेखि गोकर्ण गल्फ क्लबमा सुरू हुँदै छ । चार दिनसम्म चल्ने ७२ होलको प्रतियोगिता बिहीबार सकिनेछ । ८ लाख ४० हजार पुरस्कार राशि रहेको प्रतियोगितामा ३३ प्रोफेसनल र १२ एमेच्योर गल्फरले उपाधिका लागि दाबेदारी प्रस्तुत गर्नेछन् । च्याम्पियनसिप विजेताले १ लाख ४० हजार पुरस्कार प्राप्त गर्नेछन् । उपविजेताले ९० हजार र तेस्रो हुने गल्फरले ६७ हजार रुपैयाँ हात पार्नेछन् । 

३६ होलको समाप्तिमा कट लागू हुनेछ । त्यसपछि उत्कृष्ट २१ खेलाडीले तेस्रो र चौथो दिनका लागि स्थान सुरक्षित गर्नेछन् । एमेच्योर खेलाडीको हकमा पनि कट बनाउन उत्कृष्ट २१ भित्र पर्नुपर्ने नियम रहेको छ । कट बनाउन सफल सबै प्रोफेसनल खेलाडीले पुरस्कार प्राप्त गर्नेछन् । ३३ प्रोफेसनल गल्फरमध्ये भुवन नगरकोटी, रवि खड्का, दिनेश प्रजापति, धन थापा र सञ्जय लामाबीच उपाधिका लागि कडा प्रतिस्पर्धा हुने सम्भावना छ । 

प्रोफेसनल गल्फरलाई यसपटक पनि टप एमेच्योर सद्भाव आचार्यले कडा चुनौती दिनेछन् । राहुल विश्वकर्मा र टासी छिरिङले पनि प्रो गल्फरलाई माथ दिने प्रदर्शन गर्न सक्ने सम्भावना रहेको छ । नेपाल नम्बर एक प्रोफेसनल गल्फर शुक्रबहादुर राईले चोटका कारण प्रतियोगिता गुमाएका छन् । नाडीमा लागेको चोटले गर्दा उनले यो प्रतियोगिताबाट नाम फिर्ता लिएको आयोजकले जनाएको छ । 

अर्का प्रोफेसनल सुवास तामाङले कोलकाता च्यालेन्जमा कट बनाउन नसकेपछि उनी तरुण सरदेसाई एकेडेमीमा प्रशिक्षणका लागि फर्किएका छन् । एनपिजिएका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले सूर्य नेपाल टुरमा गल्फको स्तर बढ्दै गएको र यो सिजन प्रो र एमेच्योर खेलाडीको प्रदर्शन उत्साहजनक रहेको बताए । 

ad
ad