१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ २ बुधबार o८:३९:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

उपत्यकामा होली पर्व शान्तिपूर्ण

उच्छृंखल गतिविधिमा संलग्न रहेको आरोपमा ७६ जना पक्राउ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o८:३९:oo

काठमाडौं उपत्यकामा यस वर्षको होली पर्व शान्तिपूर्ण सम्पन्न भएको छ । चुस्त सुरक्षा व्यवस्थाका कारण होली शान्तिपूर्ण ढंगले सम्पन्न भएको प्रहरीको भनाइ छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयले होलीलक्षित सुरक्षार्थ पाँच हजार प्रहरी सडकमा उतारेको थियो । यसक्रममा नौ सयभन्दा धेरै ट्राफिक प्रहरी थिए । बाँकी काठमाडौं, ललितपुर र भक्तपुर प्रहरी परिसरमातहत सुरक्षामा खटिएका थिए । धेरै भिड हुने क्षेत्रको सुरक्षाका लागि प्रहरीले ड्रोन पनि परिचालन गरेको थियो । 

यस क्रममा प्रहरीले उच्छृंखल गतिविधिमा काठमाडौंबाट ७०, भक्तपुरबाट चार र ललितपुरबाट दुईजनालाई पक्राउ गरेको छ । ओभर स्पिडमा संलग्न ६ सय ४९ मोटरसाइकल र १५ वटा कार नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उपत्यका कार्यालयका एसपी अवदेश विष्टले यस वर्षको होली शान्तिपूर्ण समापन भएको बताए । ‘यस वर्षको होली शान्तिपूर्ण ढंगले सम्पन्न भएको छ । झैझगडा तथा कुटपिटका घटना कतै भएनन् । सवारीसाधन दुर्घटना पनि भएनन् । प्रहरीले सुरक्षा व्यवस्था मजबुत तुल्याएको थियो । त्यसो हुँदा कुनै दुर्घटना भएनन् । यस क्रममा केही व्यक्ति भने पक्राउ परेका छन्,’ उनले भने ।

होली पर्वलक्षित सुरक्षाका लागि प्रहरीले उपत्यका प्रवेश गर्ने नाकाहरू र अन्य ९० स्थानमा बिहान ७ बजेदेखि नै चेकजाँचको व्यवस्था मिलाएको थियो । त्यस्तै, ३० वटा मोबाइल भ्यान परिचालन गरी आवश्यकताबमोजिम मोबाइल गस्ती तथा चेक प्वाइन्ट राखी सुरक्षा व्यवस्था चुस्त तुल्याइएको थियो । दुर्घटनारहित होली पर्व मनाउन र उच्छृंखल गतिविधि नियन्त्रण गर्न सुरक्षा योजनाबमोजिम मुख्य सडक, चोक–गल्लीमा समेत प्रहरी बाक्लो परिचालन गरिएको थियो । 

अनावश्यक हर्न बजाउने, होहल्ला गरी सवारी चलाउने, मोडिफाई गरी ठूलो आवाज निकाल्ने, तीनजना चढ्ने, हेल्मेट नलगाउने, तीव्र गति र जिकज्याक गरी मोटरसाइकल कुदाउनेउपर विशेष निगरानी गरिएको प्रहरीको भनाइ छ । अन्य ट्राफिक नियम उल्लंघन गर्नेलाई समेत कारबाही गरिएको छ । 

विशेष गरी मादक पदार्थ र लागुपदार्थ सेवन गरी सवारी चलाउने चालकलाई कडाइका साथ चेकजाँचको व्यवस्था मिलाएको र अनुमतिविपरीत रङ दल्ने, लोला हान्ने, अनावश्यक होहल्ला गर्ने, झैझगडा गर्नेलगायत गतिविधि गर्नेलाई समेत कारबाहीको दायरामा ल्याउन संयुक्त चेक प्वाइन्ट राखिएको उपत्यका ट्राफिक कार्यालयले जानकारी दिएको छ । 

ad
ad