१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o८१ जेठ २ बुधबार १८:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघमा बस्नेत निर्वाचित

Read Time : < 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १८:३१:oo

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघमा युवा व्यवसायी बुद्धराज बस्नेत अध्यक्षमा निर्वाचित भएका छन्। संघको ११औँ जिल्ला अधिवेशनमा नौ सय चार मत प्राप्त गरेर बस्नेत निर्वाचित भएका हुन्। 

उनका प्रतिद्वन्द्वीद्वय सुमन खत्रीले ६ सय ८४ र शम्भुबहादुर तिमल्सिनाले दुई सय ९७ मत ल्याए। वरिष्ठ उपाध्यक्षमा उमेश प्रधान विजयी भए। उनले ८ सय ११ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी सूर्यबहादुर कार्की र विदुर पराजुलीले क्रमशः ६ सय ९३ र तीन सय ४६ मत ल्याए। द्वितीय उपाध्यक्षमा इन्द्रबहादुर राउत एक हजार ५२ मत ल्याएर निर्वाचित भएका छन्। 

प्रतिद्वन्द्वी राजेश श्रेष्ठले सात सय ९७ मत प्राप्त गरे। 
सदस्यहरूमा उमेश श्रेष्ठ, अशोककुमार श्रेष्ठ, गणेश नेपाल, अम्बरबहादुर श्रेष्ठ, राजकुमार बस्नेत, सुरज तिमल्सिना, चेङा शेर्पा, कुमार थापा, सुशान्त भट्टराई, प्रकाश पौडेल, उद्धव तिमल्सिना, मणिकलाल श्रेष्ठ, दाबा ग्याल्जेन शेर्पा, ईश्वर खत्री र दलबहादुर रुम्बा निर्वाचित भएका छन्।
 

ad
ad