१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १३:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

आयरन्यान्ड वुल्भ्ससँगको टी–२० र एकदिवसीय शृंखलाका लागि छुट्टाछुट्टै टिम घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १३:५९:oo

नेपाल क्रिकेट संघ (क्यान) ले आयरल्यान्ड वुल्भ्ससँगको तीन टी–२० र तीन एकदिवसीय शृंखलाका लागि नेपाली ‘ए’ टोलीको घोषणा गरेको छ।

विनोद भण्डारीको कप्तानीमा क्यानले १५ सदस्यीय दुई फरक टोली घोषणा गरेको हो। 

टी–२० खेल्ने टोलीमा कप्तान भण्डारीसँगै लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, नारायण जोशी छन्। यस्तै,  बसिर अहमद, रासिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास अग्री टिममा समावेश भएका छन्। 

यस्तै, एकदिवसीय टिममा कप्तान भण्डारीसँगै आरिफ शेख, अर्जुन साउद, अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भीम सार्की, छन्। यसैगरी बसिर अहमद, कमलसिंह ऐरि, शाहब आलम, रूपेश सिंह, रिजन ढकाल, रन्जित कुमार, मौसम ढकाल र विकास अग्री समावेश छन्।

नेपालको ए टोलीले चैत १५, १६ र १८ गते टी–२० खेल्नेछ भने चैत २१, २३ र २५ गते एकदिवसीय म्याच खेल्नेछ। 

आयरल्यान्ड वुल्भ्ससँगको खेलका लागि कमल सिंह ऐरीले टोलीमा पुनरागमन गरेका छन्। सन् २०२२ मा मलेसियाविरुद्धको खेलमा घाइते भएका कमलले लामो समयपछि टोलीमा पुनरागमन गरेका हुन्। भीम सार्कीले ओडिआई खेलका लागि स्थान बनाउँदा टी–२० टिममा समावेश छैनन्।

ad
ad