सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारत, गुँडगाँवस्थित मेदान्त–द मेडिसिटी अस्पतालबीच बैंकका कार्डवाहक ग्राहकलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिने समझदारीपत्रमा पुनः हस्ताक्षर भएको छ ।
उक्त समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले हस्ताक्षर गरेका छन् । बैंकले यस्तो किसिमको सुविधा विगत चार वर्षदेखि निरन्तर रूपमा उपलब्ध गराउँदै आइरहेको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि फैलिएका आफ्ना एक सय ९० वटा शाखा, एक सय ५३ वटा एटिएम र ९८ वटा शाखारहित बैंकिङ इकाइहरूबाट १७ लाख ३६ हजार ग्राहक वर्गलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यसै आर्थिक वर्ष थप सात शाखा विस्तार गरेर आगामी दिनमा देशका ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।