बाँसबारीस्थित च्याम्पियन फुटवेयरको नाममा रहेको १० रोपनी जग्गा सरकारको नाममा ल्याउने निर्णय भएकाे छ। भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारले शुक्रबार उक्त जग्गा सरकारको नाममा ल्याउने निर्णय गरेको हो।
मालपोत ऐन, २०३४ को दफा २४ मा भएको व्यवस्थालाई प्रयोग गर्दै उक्त जग्गा नेपाल सरकारको नाममा ल्याइएको मालपोत कार्यालयले जनाएको छ।