१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ जेठ २ बुधबार १५:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

काण्डैकाण्डले मुलुकमा संकट निम्त्यायाे : राजेन्द्र महतो

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १५:१६:oo

राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले काण्डैकाण्डले मुलुकमा संकट निम्त्याएको बताएका छन्। बिहीबार राष्ट्रिय मुक्ति क्रान्ति महेन्द्रनगर ब्युरोले गरेको बहुल राष्ट्रिय राज्य नेपाल स्थापनार्थ संवाद कार्यक्रमका उनले यस्तो बताएका हुन्।

सुनदेखि भुटानी शरणार्थी काण्डले विकास, स्थिरता र सुशासन कमजोर बनाएर जनतालाई निराशा बनाएको महतोको भनाइ छ। ‘सत्ता सञ्चालन गर्ने नै काण्डमा मुछिने, बचाउने खेलमा लागेका छन,’ उनले भने, ‘जब रक्षक नै भक्षक भएपछि जनता अधिकारबाट वञ्चित हुँदै गएका छन्।’

संयोजक महतोले संविधानमा बहुलवाद राखिए पनि त्यसको अन्तर चरित्र अर्कै भएको उल्लेख गर्दै अझै पनि मधेशी, थारू, दलितसहित उत्पीडित समुदायका जनता अधिकारबाट वञ्चित भएको बताए।

देश र जनताको पक्षमा भन्दा आफ्नै हितका लागि काम गर्ने प्रवृत्तिले जनता राजनीतिप्रति निराश भएको महतोको भनाइ छ। ‘अब राजनीतिक आस्थाभन्दा माथि उठेर काम गर्नुको विकल्प छैन,’ उनले भने, ‘जनता यी दलहरूलाई पत्याउनेवाला छैनन्।’
 

ad
ad