१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १२:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

विश्वकप छनोट फुटबल : नेपाल र बहराइन भिड्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १२:५५:oo

फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले आज बहराइनको सामना गर्दै छ।

बहराइनको राष्ट्रिय रंगशालामा हुने उक्त खेल नेपाली समयअनुसार राति १२ः४५ बजेदेखि सुरु हुनेछ। दशरथ रंगशालामा खेल्न उपयुक्त नभएपछि होम एन्ड अबेका दुवै खेल नेपालले बहराइनमा नै खेल्न लागेको हो।

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले बहराइनसँग खेल्न आफ्नो टोली उत्साहित रहेको बताए।

उनले नेपालभन्दा बहराइन शारीरिक र मानसिक रूपमा बलियो टिम भएको टिप्पणी गरे। प्रशिक्षक एनेसले नेपालको तयारी छोटो समयको भए पनि प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने उल्लेख गरे।

नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय फुटबलमा बहराइनसँग प्रतिस्पर्धा गर्न लागेको हो। यसअघि नेपालले मलेसियाको टोलीसँग अभ्यास खेल खेलेको थियो। नेपाली टोली मलेसियाबाट सीधै बहराइन गएका हुन्।

नेपालले पहिलो चरणको खेलमा लाओसलाई १–० गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको दोस्रो चरणमा पुगेको हो। समूह ‘एच’मा रहेको नेपालले यसअघि दुई खेल खेलिसकेको छ। नेपालले संयुक्त अरब इमिरेट्विरुद्धको अबे खेलमा ४–० गोलअन्तरले पराजित भएको थियो भने घरेलु मैदानमा भएको यमनविरुद्धको खेलमा २–० ले पराजित भएको थियो । नेपाल अंकविहीन छ।

समूह ‘एच’मा नेपालसहित बहराइन, यमन र संयुक्त अरब इमिरेट्स (युएई) छन्। नेपाली फुटबल टोलीमा गोलकिपर किरण चेम्जोङ, अभिषेक बराल र विशाल सुनार छन्। त्यस्तै, डिफेन्डरमा अभिषेक लिम्बू, अनन्त तामाङ, छिरिङ लामा, अजय चौधरी, सनिश श्रेष्ठ, सौभाग्य राई (सञ्जित) र सुमित श्रेष्ठ छन्।

मिडफिल्डरमा भरत खवास, विशाल बस्नेत, लाकेन लिम्बू, मणिकुमार लामा, मनीष डाँगी, रोहन कार्की र उत्सव राई छन् भने फरवार्डमा अञ्जन विष्ट, दिनेश हेन्जन, समीर तामाङ, सञ्जीव विष्ट, हिसुब थपलिया र जिलेस्पीजंग कार्की छन्। 

ad
ad