१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार १५:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

प्रधानमन्त्री-आइसिसीका अध्यक्षबीच भेट, नेपालकाे क्रिकेट विकासमा सहयोग गर्ने प्रतिबद्धता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १५:४७:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग इन्टरनेसनल क्रिकेट काउन्सिल (आइसिसी)का अध्यक्ष जर्ज बार्कलेले शिष्टाचार भेट गरेका छन्।  प्रधानमन्त्रीनिवास बालुवाटारमा उनीहरूबीच आज भएको भेटमा नेपालको क्रिकेट विकासका विविध विषयमा छलफल भएको थियो। 

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले आइसिसीका अध्यक्षको नेपाल भ्रमणले नेपाली क्रिकेटले प्राथमिकता र महत्त्व पाएको बताए। 

‘नेपाल सरकारले क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको योजनाका रूपमा निर्माण गर्ने निर्णय गरेर क्रिकेट पूर्वाधारलाई निकै प्राथमिकता दिएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘सन् २०२७ को ‘यु–१९ वुमन वर्ल्ड कप’ का लागि नेपाल सरकारले निकै महत्त्व दिएको छ। आइसिसीबाट पनि महत्त्वपूर्ण सहयोग हुने अपेक्षा गरेका छौँ।’

अध्यक्ष बार्कलेले नेपालको क्रिकेट क्षेत्रको विकासका लागि आइसिसीले सहयोग गर्ने बताएका थिए। भेटमा नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्याल र नेपाल क्रिकेट संघका पदाधिकारीको सहभागिता रहेको थियो।   

ad
ad