१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o८१ जेठ २ बुधबार १३:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सिन्धुपाल्चोक एमालेमा दुई नेताबीच कडा टक्कर  

१०औँ जिल्ला अधिवेशन

Read Time : < 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १३:२३:oo

नेकपा एमाले सिन्धुपाल्चोकको १०औँ जिल्ला अधिवेशनमा दुई नेताबीच कडा टक्कर हुने देखिएको छ। नेतृत्व हत्याउन जिल्ला पार्टी संगठन समितिका वर्तमान अध्यक्ष कमल नेपाल र गाउँपालिका महासंघका पूर्वअध्यक्ष होमनारायण श्रेष्ठ खरो प्रतिस्पर्धामा उत्रेका छन्।

१६–१८ चैतसम्म चल्ने १०औँ जिल्ला अधिवेशनको पार्टी अध्यक्ष केपी ओलीले सदरमुकाम चौतारामा उद्घाटन गर्नेछन्। अधिवेशनको सबै तयारी अन्तिम चरणमा पुगेको जिल्ला पार्टी सचिवालय सदस्य आङ्दोर्जे शेर्पाले बताए। ‘सके सहमतिमा नभए लोकतान्त्रिक पद्धतिअनुसार प्रतिस्पर्धाबाट नेतृत्व चुनिन्छ,’ उनले भने।

अध्यक्षका दुवै दाबेदार हाल ओलीसँग निकट रहे पनि नेपाल विगतमा माधवकुमार नेपाल पक्षधर थिए। श्रेष्ठ पार्टीभित्र कडा रुझानका मानिन्छन्। उनी लामो समयदेखि ओलीनिकट छन्। यद्यपि, नरम स्वभावका नेपाल पार्टी चलाउन र संगठन निर्माणमा अब्बल मानिन्छन्।

एमालेभित्र दुई चिरामा रहेका नेता–कार्यकर्ता नेपाल र श्रेष्ठको पक्षमा प्रचार गरिरहेका छन्। तर, गुटगत हिसाबले असभ्य र अस्वस्थ प्रतिस्पर्धा गरेको देखिएको छैन। माओवादीबाट एमालेमा मिसिएका नेता दावा तामाङ र एकीकृत समाजवादी त्यागेर एमालेमा समाहित भएका पूर्वसांसद सुभाष कर्माचार्यको समूह नेतृत्व निर्वाचित गर्न निर्णायक देखिएका  छन्।

संगठनमा नेपाल बलियो देखिए पनि नयाँ स्वादका लागि प्रतिनिधिले श्रेष्ठलाई चुन्न पनि सक्छन्। सिन्धुपाल्चोकमा एमालेको संगठन मजबुत भए पनि आपसमा घात–प्रतिघात हुने परिपाटीले परिणाम खस्कँदो छ।

अहिले जिल्लाका एक सय तीनवटा वडामा प्रतिनिधि छनोटका लागि निर्वाचन जारी छ। १० संगठित सदस्यबराबर एक प्रतिनिधि निर्वाचित हुने व्यवस्था छ। आठ हजार संगठित सदस्य रहेको एमालेको जिल्ला अधिवेशनमा सात सयभन्दा बढी प्रतिनिधिले नेतृत्व चयन गर्न मत जाहेर गर्नेछन्।
 

ad
ad