१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत ६ मंगलबार
  • Friday, 27 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o चैत ६ मंगलबार १६:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

साथीको हत्या गरी फरार तेजबहादुर २१ वर्षपछि पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o चैत ६ मंगलबार १६:११:oo

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले २१ वर्षअघि साथीको हत्या गरी फरार रहेका एक अभियुक्तलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।  

पक्राउ पर्नेमा सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका– ४ बस्ने ४१ वर्षीय तेजबहादुर राई रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक नहकुल पोखरेलले जानकारी दिए। 

उनका अनुसार निज व्यक्ति ०५९ सालमा सञ्जय शाहीको हत्या गरी फरार रहेका थिए। शाहीको २१ वर्षअघि काठमाडौं महानगरपालिका– १९ मरुढोका इनाटोलमा रहेको एक पशु बधशालामा मापसे गरी झगडा पर्दा राईले हत्या गरेको प्रहरीले जनाएको छ।