१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
फाइल तस्बिर ।
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार ११:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

महराको निलम्बनबारे माओवादी पदाधिकारी बैठकमा बाँडियो मत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार ११:१९:oo

प्रमुख सत्तारूढ दल माओवादी केन्द्रको पदाधिकारी बैठकमा पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरालाई निलम्बन गर्ने–नगर्नेबारे छलफल भएको छ । 

सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि महरालाई प्रहरीले सोमबार पक्राउ गरेको थियो । त्यसको भोलिपल्ट प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको पदाधिकारी बैठकमा महरालाई निलम्बन गर्ने–नगर्नेबारे छलफल भएको हो । 

पार्टीका अर्का उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकमा विभिन्न कोणबाट छलफल चलेको बताए । प्रधानमन्त्री आज संसद् बैठकमा प्रश्नोत्तरका लागि जानुपर्ने भएकाले छोटो समय मात्र बैठक बसेको भन्दै उनले अर्को बैठकले यसबारे निर्णय लिने जानकारी दिए । 

बैठकमा सहभागी नेताहरूका अनुसार केही पदाधिकारीले पछि अदालतबाट ठहरेबमोजिम हुने गरी हाललाई निलम्बन गर्नुपर्ने धारणा राखेका थिए । केहीले भने प्रहरीले अनुसन्धानका लागि पक्राउ गर्दैमा निलम्बन गरिहाल्न नहुने र कम्तीमा मुद्दा अभियोजन र थुनछेक बहसपछिको अवस्थासम्म कुर्नुपर्ने धारणा पनि राखेका थिए । 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग, २०८० को प्रतिवेदनबारे जानकारी गराएका थिए । 

महरालाई सोमबार बिहान कपिलवस्तुबाट पक्राउ गरी काठमाडौं ल्याइएको थियो भने हिजो नै काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद लिएर हिरासतमा राखी अनुसन्धान अगाडि बढाएको छ । 

ad
ad