१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार १३:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

जंगलमा लागेको डढेलोले आधा दर्जन घर जले, लाखाैँको क्षति 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १३:५४:oo

ताप्लेजुङको विभिन्न ठाउँका जंगलमा लागेको डढेलोबाट घर सल्किँदा जिल्लाका छुट्टाछुट्टै स्थानका सात घर जलेर नष्ट भएका छन्। सो आगोलागीबाट लाखौँबराबरको धन नष्ट भएको छ।
 
१४ फागुनदेखि सुरु भएको डढेलोले सबै वन सखाप भएकाे छ। विभिन्न वनबाट आएको डढेलो घरमा सल्किँदा सात घर जलेको वन डिभिजन कार्यालयका सूचना अधिकारी परमेश्वर पासवानले जानकारी दिए।  

प्रहरी कार्यालयका सूचना अधिकारी कमलकुमार लुंगेलीले फुङ्लिङ नगरपालिका– ८ दोखुमा वनमा लागेको डढेलोले चारवटा घर जलेर नष्ट भएकाे बताए। वनमा लागेको डढेलोले दोखुका स्थानीय नरहरि पौडेल र डिल्ली पौडेलको घर जलेर नस्ट भएकाे छ। 

नरहरि र डिल्ली पौडेलको घर आइतबार दिउँसो करिब ५ बजेतिर जलेको स्थानीय पीडित नरहरि पौडेलले बताए। प्रहरीका अनुसार सोही डढेलोले बिहान स्थानीय पार्वता विश्वकर्माका दुई घर पनि जलेर नष्ट भएका छन्। 

उता, पाथीभरा याङवरक गाउँपालिका– ४ डुम्रिसेमा जंगलको डढेलो घरमा सल्केपछि तीनवटा घर खरानी भएका छन्। 

मंगलसिंह साम्सोहाङ, चन्द्रबहादुर साम्सोहाङ र अमृत बस्नेतको घर जलेर नष्ट भएको पासवानले बताए। जिल्लामा करिब एक हजार हेक्टर जंगल आगलागीबाट नष्ट भएको छ भने अझै दर्जनाैँ ठाउँमा आगो लागेकाे छ। 
 

ad
ad