१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० चैत ५ सोमबार १२:१४:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

प्रभु महालक्ष्मी लाइफको एमडिआरटी सम्मान कार्यक्रम सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० चैत ५ सोमबार १२:१४:००

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले वित्तीय परामर्शदाताहरूको अन्तर्राष्ट्रिय फोरम एमडिआरटी २०२४ का लागि छनोट भएका अभिकर्ताहरूलाई सम्मान गरेको छ।

चितवनको नारायणगढमा चैत २ देखि ४ गतेसम्म चलेको कार्यक्रम उल्लास र उत्सवका साथ भव्य रूपमा सम्पन्न भएको कम्पनीले जनाएको छ। कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले अभिकर्ताहरूको मिहिनेतले पाएको सफलतामा कम्पनीको सधैँ साथ–सहयोग रहने बताए। प्रसाईंले सफलताको यो माहोललाई कम्पनीले उत्सवको रूपमा लिएको बताए।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले स्वागत मन्तव्य व्यक्त गरेका थिए। ‘अन्तर्राष्ट्रिय फोरम एमडिआरटीमा छनोट हुनु अभिकर्ता पेसाले दिएको मान–सम्मानको एक उत्कृष्ट उदाहरण हो । त्यसैले अभिकर्ता पेसा छनोट गर्नुभएको यहाँहरूको निरन्तर लगनको परिणामले प्राप्त सफलतालाई कम्पनीले उच्च सम्मान प्रकट गर्दछ,’ उनले भने।

कम्पनीका नायब महाप्रबन्धक एवं नेसनल सेल्स हेड सोनबहादुर मगरले योग्यहरूको योग्यताको पहिचान उसले गर्ने कामले प्रस्तुत हुने बताए। मोटिभेसनल स्पिकर रमण भट्टराईको ट्रेनिङ सेसनले कार्यक्रमको रौनक थपिएको थियो।

उक्त कार्यक्रममा आउँदै गरेको फागु पूर्णिमाको शुभकामना आदान–प्रदान गरी रंगहरूका साथ नारायणी नदीको क्रुज जहाजमा होली मनाइएको थियो।