१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १o:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

बाँसबारी जग्गाको अनुसन्धान अघि बढाउन गृहमन्त्रीको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:२२:oo

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बाँसबारी छालाजुत्ता कारखानाको हडपिएको १० रोपनी जग्गा सम्बन्धमा अनुन्धान प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् । गृहमन्त्री लामिछानेले गृहसचिव एकनारायण अर्याल, नेपाल प्रहरीका आइजिपी वसन्त कुँवर र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का निर्देशक एआइजी श्यामलाल ज्ञवालीलाई आइतबार मन्त्रालय बोलाएर निर्देशन दिएका हुन् । 

सिआइबी प्रमुख ज्ञवालीले छालाजुत्ता कारखानाको हडपिएको जग्गा सम्बन्धमा अनुसन्धान जारी रहेको र सोही प्रक्रियामा गृहमन्त्री लामिछानेको चासो रहेको बताए । 

गृहस्रोतका अनुसार गृहमन्त्री लामिछानेले उद्योगपति विनोद चौधरीविरुद्ध पनि छानबिन गर्न निर्देशन दिएका छन् । ‘छालाजुत्ता कारखानाको जग्गा हडपिएको छ । यसको अनुसन्धान प्रक्रिया तत्काल अघि बढाउनुहोस् । दोषी देखिए विनोद चौधरीलाई पनि अनुसन्धान प्रक्रियामा सामेल गराउनुहोस्,’ गृहमन्त्री लामिछानेको भनाइ थियो ।

ad
ad