१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
रासस काठमाडाैं
२o८१ बैशाख १९ बुधबार १५:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

Read Time : < 1 मिनेट
रासस, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १५:४७:oo

यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ। आज नेप्से परिसूचक १०.६२ अंकले घटेर दुई हजार ७०.२५ को विन्दुमा कायम भएको छ ।

आज तीन सय चार कम्पनीको ८४ लाख ६ हजार ७६ कित्ता सेयर ६३ हजार नौपटक खरिद–बिक्री हुँदा रु. तीन अर्ब ३८ करोड ७९ लाख ८० हजार तीन सय ८४ बराबरको कारोबार भएको छ।

विकास बैंक समूह ०.८२, वित्त समूह ०.६२ र उत्पादन तथा प्रशोधन समूह ०.२९ प्रतिशतले बढेको छ। अरू सबै समूहको उपसूचक घटेको छ।

बैंकिङ ०.६२, होटेल तथा पर्यटन १.५६, जलविद्युत् १.१६, लगानी ०.५९ र जीवन बिमा ०.१९ प्रतिशतले घटेको छ। त्यसैगरी, लघुवित्त समूह ०.०३, म्युचुअल फन्ड ०.४०, निर्जीवन बिमा ०.२२, व्यापार ०.४३ र अन्य समूह १.०६ प्रतिशतले घटेको छ।

सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ९.५६ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै घट्नेमा विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ७.८३ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रु. ४१ करोड ६४ लाख १७ हजार ६ सय ८० बराबरको कारोबार भएको छ। कारोबार भएका सेयर संख्याका आधारमा अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको सात लाख ४७ हजार आठ सय ७७ कित्ता सेयर किनबेच भएको छ।

ad
ad