१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १४:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

वृद्धाको शव गाडिएको अवस्थामा फेला, नातिसहित चार पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १४:३o:oo

झापाको गौरादहमा आफ्नै वृद्धा हजुरआमाको हत्या अभियोगमा नातिसहित चारजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा गौरादह नगरपालिका– ७ का १७ वर्षीय धीरज विश्वकर्मासहित उनका साथी टंक दर्नाल, राजु मल्लिक र बहादुर दर्जीलाई बुधबार अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मिलन केसीले बताए।

उनका अनुसार फागुन २५ गते राति ८२ वर्षीया हजुरआमा नरमाया विकलाई पैसा नदिएको निहुँमा लागुऔषध सेवन गरेका नाति धीरजले अन्धाधुन्द रड प्रहार गरेका थिए।

रड प्रहारबाट ज्यान गुमाएकी हजुरआमालाई नाति धीरजसहित चारैजनाले मिलेर घरनजिकैको ग्वालीमा शव गाडेका थिए। पक्राउ परेका अभियुक्त धीरजले प्रहरीसमक्ष हजुरआमाको हत्या स्वीकार गरिसकेको प्रहरीले जनाएको छ।

पाँच दिनदेखि आमा हराइरहेको भन्दै वृद्धाका छोरा रमेश विकले बुधबार बिहान इलाका प्रहरी कार्यालय गौरादहमा उजुरी दिएका थिए। उजुरीलगत्तै अनुसन्धानका क्रममा शवसहित चारैजनालाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक केसीले जानकारी दिए। 

ad
ad