१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
तस्बिर : रासस ।
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार २o:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रमुखले लिए शपथ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार २o:४२:oo

मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रमुखहरूले शपथग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा १६७ बमोजिम नवनियुक्त प्रदेशप्रमुखलाई बुधबार अपराह्न पद तथा गोपनीयताको शपथ गराएका हुन्। 

राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले मधेश प्रदेशका प्रमुख सुमित्रा भण्डारी, गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँलाई पद तथा गोपनीयताको शपथ गराए।

२८ फागुनमा बसेको मन्त्रिपरिषद्को निर्णय र सिफारिसअनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १६३ को उपधारा (२) अनुसार आज उनीहरूलाई प्रदेश प्रमुखमा नियुक्त गरेका थिए। 

शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालको उपस्थिति थियो।

ad
ad