१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
तस्बिर : अमुल थापा/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार १६:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

‘नयाँ ऊर्जाका साथ सुशासन, सामाजिक न्याय र समृद्धिको मार्गमा लाग्छु’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १६:२२:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा विश्वासको मत प्राप्त गरेका छन्।विश्वासको मत पाएपछि प्रधानमन्त्री प्रचण्डले सत्तासहयात्री दललगायत सम्पूर्ण राजनीतिक दलमा आबद्ध र स्वतन्त्र रूपमा क्रियाशील सांसदप्रति आभार प्रकट गरेका छन्। 

‘प्रतिनिधिसभाबाट विश्वासको मत दिनुहुने सत्तासहयात्री दलगायत सम्पूर्ण राजनीतिक दलमा आबद्ध र स्वतन्त्र रूपमा क्रियाशील माननीय सांसदज्यूहरूमा हार्दिक आभारसहित धन्यवाद ज्ञापन गर्दछु,’ उनले सामाजिक सञ्जालमा सबैप्रति आभार प्रकट गर्दै लेखेका छन्, ‘तपाईंहरूबाट प्राप्त यो विश्वास संसदमा विश्वासको मत लिनुपूर्व मैले वाचा गरेअनुरूप नयाँ ऊर्जाका साथ सुशासन, सामाजिक न्याय, समृद्धि र विकासको मार्गचित्रमा पूर्ण रूपले खर्चिने प्रतिबद्धता व्यक्त गर्दछु।’ 

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा भएको मत विभाजनमा प्रधानमन्त्री दाहालले पाँचदलीय गठबन्धनको समर्थनमा विश्वासको मत प्राप्त गरेका छन्। प्रधानमन्त्रीको पक्षमा एक सय ५७ मत पर्‍याे भने विपक्षमा एक सय १० मत परेको थियो। 

ad
ad