१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १५:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कांग्रेस-एमाले मिल्छौँ भनेर मलाई तर्साउन सक्नुहुन्न : प्रधानमन्त्री प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १५:३४:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस–एमाले मिले के होला भनेर त्रासमा राख्न खोजिएको भन्दै आफू नतर्सने बताएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकमा प्रस्तुत विश्वासको मतसम्बन्धी प्रस्तावको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले यस्तो बताएका हुन् । 

‘यो बहसमा ठूला दलहरू हामी मिल्यौँ भने तेरो हालत के हुन्छ भनेर अहिले पनि भनिएको छ । विगतमा पनि भनिएको थियो । मेरो त कामना छ, तपाईंहरू मिल्नुस् । तपाईंहरू मिल्नुभयो भने माओवादी केन्द्र प्रमुख प्रतिपक्षमा बसेर राष्ट्र, जनता, संविधान र राष्ट्रियताको पक्षमा बसेर लडिरहन्छ,’ उनले भने, ‘तपाईंलाई लागेको छ प्रचण्ड डराउँछ त्यसो भनेर । हिजो त तपाईंहरू सबै मिलेर टाउकै काट्न खोजेको हो नि त । डराउँछ माओवादी केन्द्र भन्ठान्नुभा छ ? त्यस्तो हुँदैन । सक्नुहुन्छ भने मिल्नुस् ।’ 

उनले कुन वेला कुन दल कोसँग मिल्छ भन्ने कुरा परिस्थितिले निर्धारण गर्ने जिकिर गरे । ‘हरेक राजनीतिक दल स्वतन्त्र छन्, आफ्नो हिसाबकिताब राख्न । राजनीतिक रूपमा हित देखियो भने त्यसले जनतामा आफ्नो प्रभाव विस्तार गर्न मद्दत मिल्छ भन्ने लाग्यो भने एकखालको गठबन्धन गर्ने हो, त्यस्तो भएन भने गठबन्धन छोड्ने हो । सबै दललाई आ–आफ्नो निर्णय गर्ने स्वतन्त्रता छ ।’ 
 

ad
ad