१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
तस्बिर : अमुल थापा/नयाँ पत्रिका ।
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार १४:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रधानमन्त्री प्रचण्डलाई इतिहासले सदा सम्झनेछ : वाग्ले

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १४:१o:oo

रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्रीको बेचैनीको जरैसम्म पुग्न खोज्यौँ भने मात्र उहाँमाथि न्याय हुने बताएका छन् । 

प्रतिनिधिसभामा प्रधानमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै वाग्लेले यस्तो बताएका हुन् । 

उनले भने, ‘ब्याज खाएर होइन, कुर्सी ओगटेर होइन, कामै गरेर प्रधानमन्त्रीज्यूको आफ्नो लिगेसीलाई फराकिलो बनाउने प्रयासमा रास्वपाले जोखिम मोलेरै साथ दिएको छ । त्यसैले प्रधानमन्त्रीको बेचैनीको जरैसम्म पुग्न खोज्यौँ भने मात्र उहाँलाई न्याय हुन्छ ।’

उनले सीमान्तकृत समुदायको राजनीतिक जागरण, सचेतना, सशक्तीकरण र समावेशी समाजको जग निर्माणमा वर्तमान प्रधानमन्त्रीलाई इतिहासले सम्झिरहने बताए ।

‘सशस्त्र द्वन्द्वको विधिप्रति मेरो विमति थियो र छ । तर, यो देशका सीमान्तकृत समुदायको राजनीतिक जागरण, सचेतना, सशक्तीकरण र समावेशी समाजको जग निर्माणमा हाम्रा वर्तमान प्रधानमन्त्रीलाई इतिहासले सम्झनेछ,’ उनले भने ।

प्रधानमन्त्री जीवनको उत्तरार्धमा आफ्नो ‘लिगेसी’बारे बढी चिन्तित रहेको पनि चर्चा गरे । ‘एउटा औसत नेताले त छविको चिन्ता गर्छ, म केका लागि चिनिन चाहन्छु भन्ने राजनीतिको अहं प्रश्न हुन्छ । संघर्षपूर्ण राजनीतिबाट उदाएको नेताले त जीवनको उत्तरार्धमा आफ्नो लिगेसीबारे खोजी गर्छ, विचार पुर्‍याउँछ । प्रधानमन्त्री त्यसैमा बढी चिन्तित देखिनुभएकोले हामीले साथ दिएका हौँ ।’ 

ad
ad