१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार o६:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : विलक्षण बुद्धि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o६:o३:oo

उहिल्यै भारतमा अंगे्रेज शासन चलिरहेको थियो । सो समयमा बंगालमा कलकत्ता बोर्डको परीक्षा चलिरहेको थियो । परीक्षाको क्रममा परीक्षार्थीहरू पालैपालो परीक्षा भवनतर्फ गइरहेका थिए । परीक्षा भवनबाट बाहिरिँदा कोही हाँस्दै फर्किरहेका थिए भने कोही अँध्यारो मुख लगाउँदै फर्किरहेका थिए ।

त्यसै क्रममा एक हँसिलो विद्यार्थीलाई परीक्षा भवनभित्र बोलाइयो । परीक्षकले घमन्डपूर्वक अंग्रेजीमा सोधे, ‘तिम्रो नाम के हो ?’ ती हँसिला युवकले शालीनतापूर्वक आफ्नो नाम बताए । परीक्षकले फेरि प्रश्न गरे, ‘के तिमी मेरो प्रश्नको जवाफ दिनका लागि तयार छौ ?’ जवाफ मिल्यो, ‘छु सर ।’ परीक्षकले केही सोच्दै सोधे, ‘सुन, स्कुलको मास्टर र स्टेसन मास्टरमा के फरक छ ?’

क्षणभरका लागि ती विद्यार्थी सोचमग्न भए । त्यसपछि उनले मिठो अंग्रेजीमा जवाफ दिए, ‘शिक्षकले मानसिक तालिम दिन्छ, तर स्टेसन मास्टरले गाडीको ध्यान राख्छ ।’

यो जवाफ सुनेर परीक्षक धेरै खुसी भए र उनले अंक तालिकाको कैफियतमा लेखे, ‘यो बालक विलक्षण बुद्धिको धनी छ ।’ ती बालक थिए, सुभाषचन्द्र बोस, जसले बाल्यकालमा नै आफ्नो बुद्धिको विलक्षणता अंग्रेजलाई देखाइसकेका थिए ।

ad
ad