१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
तस्बिर : रासस ।
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १९:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रक्रियामै अल्झिँदा पालिकाहरूले नतिजा निकाल्न सकेनन् : कानुनमन्त्री गिरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १९:५२:oo

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पालिकाहरू प्रक्रियामा अल्झिँदा लक्ष्यअनुरूपको नतिजा निकाल्न नसकिरहेको बताएका छन्।

मंगलबार जिल्ला समन्वय समिति पर्वतको अर्धवार्षिक समीक्षा कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले यसमा सुधार गरेर सम्पूर्ण प्रक्रियाहरूलाई आर्थिक वर्षको सुरुको तीन महिनामा नै सकेर सोको कार्यान्वयनमा जानुपर्ने धारणा राखे।

‘हामी अहिले अर्धवार्षिक समीक्षाको बैठकमा छौँ। हाम्रो समस्या के छ भने सुरुको ६ महिना प्रक्रियामै अल्झने, पुँजीगत खर्च अत्यन्त न्यून हुने र प्रक्रियामै हाम्रो समय गुज्रिने गरेको छ। विगतदेखिको अभ्यास यही हो। जब आर्थिक वर्ष सकिन थाल्छ, त्यसपछि हामी हतारहतारमा बजेट सक्नुपर्ने अवस्थालाई हेर्दै काम गर्ने गरेका छौँ,’ उनले भने।

उनले १ मंसिरबाट तीव्रतामा काम गर्न पालिका प्रमुुख, अन्य जनप्रतिनिधि तथा विभिन्न कार्यालयका प्रमुखहरूलाई आग्रह गरे। उनले भौतिक विकासले मात्र समाज र जनताको भलो नगर्ने भएकाले मानवीय विकासलाई पनि उत्तिकै ध्यान दिनुपर्ने भनाइ राखे। 

‘म जनप्रतिनिधि साथीहरूलाई अनुरोध गर्न चाहन्छु, विकासका कामहरूलाई मात्र सबै थोक मान्ने प्रवृत्तिबाट पर गएर मानवीय विकासका विभिन्न आयामहरूलाई, पक्षहरूलाई, रोजगारी, स्वरोजगारी सिर्जना गर्ने पक्षहरूलाई सामाजिक सुरक्षाका अनेक पक्षहरूलाई सँगसँगै लिएर जानुपर्छ,’ उनले भने।

मन्त्री गिरीले विकासको सूचाकंहरू बनाएर अगाडि बढ्नुपर्ने र आफ्नो कामको लागि आफैँसँग प्रतिस्पर्धा गर्नुपर्ने सुझाव दिए। ‘तपाईंहरू निर्वाचित हुँदै गर्दाका मानव विकास सूचकांकहरू तयार पार्नुस्। अन्य विकासका सूचकांकहरू तयार पार्नुस् अनि सँगै बसेर समीक्षा गर्नुस्। एउटा पालिकाका राम्रा अभ्यासहरू अर्को पालिकाले पनि अभ्यास गर्नुस्,’ उनले भने ‘सिक्ने सिकाउने यो प्रक्रियाबाट हामी नजाने हो भने जनताका अपेक्षाअनुरूपका विकासहरू हामीले दिन सक्दैनौँ।’ 

 

ad
ad