१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
तस्बिर साैजन्य : इलाका प्रहरी कार्यालय चिसापानी
२o८१ बैशाख २१ शुक्रबार २o:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

चिसापानीस्थित कर्णाली पुलमाथि गुडिरहेको ट्रकमा भीषण आगलागी, पुलमा समेत क्षति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार २o:४३:oo

कैलालीको लम्की नगरपालिकास्थित चिसापानी भएर बग्ने कर्णाली नदीमाथि बनेको पुलमा गुडिरहेको ट्रकमा एक्कासि आगलागी हुँदा पुलमा समेत क्षति पुगेको छ। 

वीरगन्जबाट महेन्द्रनगर आउँदै गरेकोे ना. ५ ख ५२९७ नम्बरको ट्रकमा एक्कासि आगलागी भएको हो। ट्रकमा एक करोडभन्दा बढी मूल्यबराबरको लाइटर रहेको चिसापानी प्रहरीले जनाएको छ। 

ट्रकमा एक्कासि लागेको आगो फैलिँदै जाँदा पुलका लट्ठामा समेत आगो फैलिएको छ। आगो नियन्त्रणमा लिने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदीप चन्दले जानकारी दिए। 

ad
ad