Skip This
चिसापानीस्थित कर्णाली पुलमाथि गुडिरहेको ट्रकमा भीषण आगलागी, पुलमा समेत क्षति
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o फाल्गुण २८ सोमबार
  • Monday, 28 September, 2026
तस्बिर साैजन्य : इलाका प्रहरी कार्यालय चिसापानी
२o८o फाल्गुण २८ सोमबार २o:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चिसापानीस्थित कर्णाली पुलमाथि गुडिरहेको ट्रकमा भीषण आगलागी, पुलमा समेत क्षति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण २८ सोमबार २o:४३:oo

कैलालीको लम्की नगरपालिकास्थित चिसापानी भएर बग्ने कर्णाली नदीमाथि बनेको पुलमा गुडिरहेको ट्रकमा एक्कासि आगलागी हुँदा पुलमा समेत क्षति पुगेको छ। 

वीरगन्जबाट महेन्द्रनगर आउँदै गरेकोे ना. ५ ख ५२९७ नम्बरको ट्रकमा एक्कासि आगलागी भएको हो। ट्रकमा एक करोडभन्दा बढी मूल्यबराबरको लाइटर रहेको चिसापानी प्रहरीले जनाएको छ। 

ट्रकमा एक्कासि लागेको आगो फैलिँदै जाँदा पुलका लट्ठामा समेत आगो फैलिएको छ। आगो नियन्त्रणमा लिने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदीप चन्दले जानकारी दिए। 

↑