१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १२:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बसको ठक्करबाट घाइते ट्राफिक प्रनानि खत्रीको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १२:१o:oo

कोटेश्वरमा जुनेली यातायातको बसको ठक्करबाट गम्भीर घाइते भएका ट्राफिक प्रहरी नायब निरीक्षक टोपहादुर खत्रीको मृत्यु भएको छ। 

यही फागुन २० गते जुनेली यातायातको प्रदेश-३-०१-००५ ख ९७५५ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते खत्रीको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए।   

उनले भने, ‘जुनेली यातायातको बसको ठक्करबाट गम्भीर घाइते भएर अन्नपूर्ण न्युरो अस्पतालमा भर्ना भएका उनको हिजो उपचारका क्रममा मृत्यु भएको छ। दुर्घटना गराउने बसका चालक नवराज गिरी प्रहरी नियन्त्रणमा छन्।’

बसका चालक गिरीलाई प्रहरीले ‘सवारी ज्यान’सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको र खत्रीको मृत्यु भएपछि अब सोहीअनुसारको मुद्दा प्रक्रिया अगाडि बढ्ने प्रवक्ता श्रेष्ठले बताए। रासस

ad
ad