१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १७:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

डट एनपी डोमेन दर्ता गर्न शुल्क तिर्नुपर्ने प्रस्ताव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १७:५९:oo

निःशुल्क रूपमा दर्ता गर्न सकिने डट एनपी डोमेनका लागि शुल्क तिर्नुपर्ने प्रस्ताव गरिएको छ। सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो डोमेन दर्ताका लागि शुल्क लिने प्रस्ताव गरिएको हो।

विधेयकमा यस्ता डोमेन नाम प्रत्येक दुई वर्षमा तोकिएको शुल्क बुझाई नवीकरण गर्नुपर्ने उल्लेख छ। यद्यपि, अहिले नै शुल्क भने तोकिएको छैन।

विधेयक स्वीकृत भएर ऐन बने हाल सञ्चालनमा रहेका डोमेन नामहरूसमेत ऐन प्रारम्भ भएको मितिले ६ महिनाभित्र दर्ता गर्नुपर्ने उल्लेख छ।

ad
ad