१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
बाजुराको बडिमालिका नगरपालिका– ८ बाउली खोला
गगन अयडी बाजुरा
२o८१ जेठ २ बुधबार o६:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

डेढ वर्षभित्र पुल बनाउने ठेक्का, तर साढे दुई वर्षमा एउटा खाल्डो मात्रै खनियो

२४ लाख ७५ हजार पेस्की बुझेर ठेकेदार एक वर्षदेखि लापत्ता

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o६:२८:oo

ठेक्का सम्झौताअनुसार बाजुराको मार्तडी कोल्टी सडकको बडिमालिका नगरपालिका– ८ बाउली खोलामा गत वर्ष नै पुल निर्माण भइसक्नुपथ्र्यो । डेढ वर्षमा पुल निर्माण गर्ने सम्झौता भए पनि साढे दुई वर्षसम्म एउटा खाडल खन्नेबाहेक काम भएको छैन । पिलर उठाउन बनाइएको फाउन्डेसन (खाल्डो) नै पुरिन थालेको छ । जब कि पेस्कीबापत २४ लाख ७५ हजार लगिसकेको ठेकेदार कम्पनी जुगल– कौसिक जेभी एक वर्षदेखि लापत्ता छ । 

सडक डिभिजन कार्यालय साफेँले पाँच करोड ५८ लाख लागतमा १५ फागुन ०७९ भित्र २५ मिटर लामो मोटरेबल पुल निर्माण सक्न उक्त कम्पनीसँग १५ कात्तिक ०७८ मै सम्झौता गरेको थियो । कम्पनीको तर्फबाट सञ्चालक नरेश ओझाले सम्झौता गरेका थिए । सडक डिभिजन साफँेका निमित्त प्रमुख आशा श्रेष्ठका अनुसार सुरुमा कम्पनीको आग्रहमा १२ असार ०८० सम्मका लागि म्याद थप गरिएको थियो । तर, त्यसपछि भने ठेकेदार कम्पनी नै सम्पर्कमा आएको छैन । 

प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले पुल निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीलाई सम्पर्कमा ल्याइने बताए । पुल निर्माण नहुँदा सदरमुकाम मार्तडीमा रहेको मालिका मावि र बाजुरा क्यापसमा अध्यनरत विद्याथीलाई आउजाउ गर्न समस्या हुने गरेको छ । 

ad
ad