१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार o८:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

भरतपुरमा तीनदिने फर्मा एक्स्पो सुरु, औषधि उत्पादन गर्ने ल्वाबसहित १६० वटा स्टल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o८:१८:oo

चितवनको भरतपुरमा शुक्रबारदेखि तीनदिने नवौँ फर्मा एक्स्पो सुरु भएको छ। नेपालमा औषधि उत्पादन र यसको व्यावसयिक प्रवर्द्धन तथा विकासको लागि नेपाल औषधि उत्पादक संघ (एपोन)को आयोजनामा एस्क्पो सञ्चालन गरिएको हो।

एक्स्पोको उद्घाटन शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव विकास देवकोटाले गरे। एक्स्पोमा नेपाल, भारत, सिंगापुर, बंगलादेश, अमेरिका, जर्मन, चीनलगायत नौ देशहरूले उत्पादनमा प्रयोग गर्ने उपकरण, ल्याब (प्रयोगशाला) कच्चापदार्थ र नेपाली औषधि उद्योगले उत्पादन गर्ने औषधिसहित १६० वटा स्टल राखिएको छ। हाल नेपालमा  ८४ वटा औषधि उद्योगहरू छन्।

यी उद्योगहरूलाई उकास्ने र जिम्मेवार बनाउने गरी सरकारले काम गरिरहेको औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले जानकारी दिए। ‘नेपाललाई चाहिने औषधिजन्य सामानहरु यहीका उद्योगहरूले उत्पादन गर्न सकेमा नेपाललाई ठूलो फाइदा हुन सक्छ,’ उनले भने, ‘तर उद्योगहरूलाई प्रविधिमैत्री र नियमन गर्न दुवै पक्ष मिलेर अघि बढ्नुपर्छ।’ तर, नेपालका औषधि कम्पनीले उत्पादन गरेका औषधिले काम गर्दैन भनेर चिकित्सकहरूले नै बताउँदै आएकोले यसबारे उद्योगहरूले बढी ध्यान दिनुपर्ने उनको भनाइ छ ।

 एपोनका अध्यक्ष महेश प्रधानले औषधि उद्योगको लागि सरकारले सहज वातावरण तय गरिदिनुपर्ने बताउँदै नेपाल यहीँका उद्योगमा उत्पादन भएका औषधिले आत्मनिर्भर बन्न सक्ने सम्भावना रहेको बताए। तर, यहाँका उद्योगलाई चिनाउन उकास्न आवश्यक रहेको उनको भनाइ छ। हाल नेपालमा औषधि उद्योगमा निजी क्षेत्रले ७० अर्बभन्दा बढी लगानी गरेको छ भने यसको बजार पनि निजी क्षेत्रमानै बढी निर्भर रहेको पाइन्छ।

ad
ad