१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १५:o७:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

साताको सेयर बजार, तीव्र उतारचढावबीच ७० अंकको वृद्धि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १५:o७:oo

सत्तागठबन्धन परिवर्तनको प्रभाव यो साताको पुँजीबजारमा पनि देखिएको छ। तीव्र उतारचढावबीच यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७० अंकले बढेको छ।

साताको पहिलो दिन आइतबारको कारोबारपछि एक हजार नौ सय ६० को विन्दुमा कायम भएको नेप्से परिसूचक अन्तिम दिनको कारोबार बिहीबार दुई हजार ३०.५६ को विन्दुमा पुगेको छ।

सत्तागठबन्धन परिवर्तनसँगै सोमबार मात्र नेप्से परिसूचक एक सय १७.७० अंक अर्थात् ६ प्रतिशतले बढेको थियो। उक्त दिन सकारात्मक सर्किट लागेर कारोबार समयअगावै बन्द भएको बजारमा मंगलबार भने उच्च अंकको गिरावट देखियो।

मंगलबार परिसूचक ७०.३१ अंकले घटेर दुई हजार ७.६९ को विन्दुमा कायम भएको थियो। बुधबार र बिहीबार दुवै दिन परिसूचक बढ्यो। नेप्सेका अनुसार परिसूचक बुधबार ९.३३ र बिहीबार १३.५१ अंकले बढेको थियो।

यो साता पुँजी बजारमा रु. १३ अर्ब २२ करोड १७ लाख १७ हजारबराबरको तीन करोड ६० लाख ४४ हजार ३१ कित्ता सेयर कारोबार भएको छ। आइतबार रु. दुई अर्ब पाँच करोड ८५ लाख ९४ हजारबराबरको ५२ लाख ३८ हजार ६ सय ९६ कित्ता सेयर खरिद–बिक्री भएको छ।

नेप्से परिसूचकमा सकारात्मक सर्किट लागेको सोमबार भने रु. ३७ करोड ३७ लाख ५१ हजारबराबरको नौ लाख २० हजार तीन सय ९९ कित्ता सेयर मात्रै किनबेच भयो।

मंगलबार चार अर्ब चार करोड ५२ लाख ८२ हजार सात सय ५४ बराबरको एक करोड चार लाख दुई हजार नौ सय ४० कित्ता सेयर कारोबार भएको छ।

त्यसैगरी, बुधबार रु. तीन अर्ब ४२ करोड २४ लाख ८४ हजारबराबरको ८५ लाख २८ हजार दुई सय ५५ कित्ता र बिहीबार रु. दुई अर्ब ५८ करोड ७३ लाख १६ हजारबराबरको ६३ लाख ७२ हजार चार सय ५२ कित्ता सेयर खरिद–बिक्री भएको छ।

बिहीबारको कारोबारपछि  कुल बजार पुँजीकरण रु. ३१ खर्ब ९१ अर्ब ७५ करोड ७८ लाख ९५ हजार तीन सय ९४ बराबर कायम भएको छ।
 

ad
ad