१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १८:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

उपप्रधानमन्त्री श्रेष्ठ र रुसी विदेशमन्त्री लाभरोभबीच टेलिफोन वार्ता

रुसी सेनामा कार्यरत नेपालीहरुलाई स्वदेश फर्काउन आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १८:४९:oo

उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा कार्यरत नेपालीहरूलाई स्वदेश फर्काउन सहजीकरणका लागि रुसी विदेशमन्त्री सेरगेई लाभरोभसँग अनुरोध गरेका छन्।

बिहीबार अपराह्न भएको टेलिफोन संवादमा उपप्रधानमन्त्री श्रेष्ठले मृतकको शव स्वदेश ल्याउन र उनीहरूको परिवारलाई तत्कालै क्षतिपूर्ति उपलब्ध गराउन पनि आग्रह गरेका छन्। परराष्ट्र मन्त्रालयको कार्यभार सम्हालेको भोलिपल्ट उनी र रुसी समकक्षीबीच टेलिफोन वार्ता भएको हो।

‘उपप्रधानमन्त्री श्रेष्ठले शव स्वदेश ल्याउन, मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन र रुसी सेनामा कार्यरत नेपाली नागरिकलाई स्वदेश फर्काउन सहजीकरण गर्न रुसका विदेशमन्त्रीसँग आग्रह गर्नुभएको छ,’ टेलिफोन वार्तापछि परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उपप्रधानमन्त्रीले क्षतिपूर्तिको प्रक्रिया सुरु गरेकोमा रुसी मन्त्रीलाई धन्यवाद दिँदै यसलाई छिटोभन्दा छिटो टुंग्याउन आग्रह गर्नुभएको छ।’

परराष्ट्रमन्त्री लाभरोभले नेपाली पक्षको चासोलाई सम्बोधन गर्न सहयोग गर्ने आश्वासन दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। रुसका विदेशमन्त्रीले उपप्रधानमन्त्री श्रेष्ठलाई पदभार ग्रहण गरेकोमा बधाई तथा शुभकामना व्यक्त गरेका थिए। उनले व्यापार, पर्यटन, संस्कृतिलगायतका विभिन्न क्षेत्रमा सहकार्य गर्न इच्छुक रहेको पनि बताएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

ad
ad