१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार १२:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

दार्चुला–तिंकर सडकमा भिरबाट लडेर एक मजदुरको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १२:३३:oo

दार्चुला–तिंकर सडकअन्तर्गत व्यास गाउँपालिका– २ फुलसिंह धार सडकखण्डमा काम गर्ने एक मजदुरको भिरबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा नौगाड गाउँपालिका– ४ का ४८ वर्षीय ललितसिंह ठगुन्ना रहेका छन्।

सडकखण्डमा काम गर्ने क्रममा उनी भिरबाट झन्डै चार सय मिटर तल खसेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक गोविन्द भण्डारीले जानकारी दिए।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यो सडकखण्ड निर्माणको जिम्मा नेपाली सेनाले लिएको हो।

ad
ad