Skip This
आफ्नै मृत्युदर्ता र दाहसंस्कार गरेकाे कागजसहित सिंह पक्राउ 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण २४ बिहीबार
  • Saturday, 27 July, 2024
२o८o फाल्गुण २४ बिहीबार १२:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आफ्नै मृत्युदर्ता र दाहसंस्कार गरेकाे कागजसहित सिंह पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण २४ बिहीबार १२:o६:oo

सरकारी लिखत र छाप किर्ते गरेको आरोपमा पश्चिम नवलपरासीबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी निरीक्षक सुदर्शन पन्थीका अनुसार पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका– १४ गंगाबस्तीनिवासी शिवनारायण सिंहलाई प्रहरीले पक्राउ गरेको हो।

तान्त्रिक विद्या सिकाउने र झारफुकसमेत गर्दै आएका सिंहले सरकारी कागज तथा छाप किर्ते गरी आफ्नै मृत्युदर्ता र दाहसंस्कार गरेको कागज बनाएको पाइएको हो।

प्रहरीले सिंहको घर खानतलासी गर्दा निज स्वयंकाे मृत्यु प्रमाणित कागज, रुपन्देहीको रोहिणी गाउँपालिका– ४ वडा कार्यालय छिपागढको रबर स्ट्याम्प, वडाध्यक्षको रबर स्ट्याम्प, ५ माघ ०६९ मा शिवनारायण सिंहको नामको सदगद् पुर्जीसमेतको फोटोकपी र निजको नागरिकताको फोटोकपी बरामद गरेको छ।

पक्राउ परेको सिंहलाई इलाका प्रहरी कार्यालय बर्दघाटमा राखी नवलपरासी जिल्ला अदालतबाट लिखतसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।