१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
कमलराज भट्ट काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार ११:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कांग्रेस संसदीय दलको ठहर- प्रचण्डले राजनीतिक बेइमान गरे 

Read Time : < 1 मिनेट
कमलराज भट्ट, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:३७:oo

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासघात गरेको बताएका छन्।

बिहीबार कांग्रेस संसदीय दलको बैठकपछि निर्णय सुनाउँदै सचेतक लेखकले प्रधानमन्त्री प्रचण्डले विश्वासघात गरेको र उनले लगाएका आरोपमा सत्यता नभएको बताएका हुन्।

उनले भने, ‘गठबन्धनका आधारमा निर्वाचनमा गयौँ। संविधानको रक्षा र मुलुकमा सुशासनको पक्षमा रहेर गठबन्धन गरेका थियौँ। गठबन्धनप्रति कांग्रेस प्रतिबद्ध थियो। प्रचण्डले विश्वासघात गर्नुभयो। प्रचण्डले कथाकथित आरोप लगाउनुभयो। यसलाई हामीले उहाँको राजनीतिक बेइमान ठहर गरेका छौँ।’

उनले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराउँदै फिर्ता लिएको कुरा सभामुखलाई जानकारी गराउने बताए। प्रमुख दल भएकाले अन्य दलसँग छलफल गर्नु स्वाभाविक भएको उनको भनाइ थियो। 
 

ad
ad