१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o८:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नक्कली नोटसहित बाराबाट एकजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:३९:oo

प्रहरीले बाराबाट एकजनालाई नक्कली नोटसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा महागढीमाई नगरपालिका- ९ कञ्चनपुरनिवासी ३५ वर्षीय रामविनय सहनिब रहेका छन्। प्रहरीले उनलाई सिम्रौनगढ नगरपालिका– ४ स्थित हरिहरपुर चेकबाट नेपाली एक हजार दरका आठथान नक्कली नोटसहित पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले बिआर ०५ जे २१८१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त नोटसहित पक्राउ गरेको थियो ।

प्रहरीले पक्राउ परेका व्यक्तिबाट भारतीय पाँच सयको सक्कली नोट तीन थान र भारतीय नोट पाँच सयको साइजमा राखिएको सादा कागज दुई सय ८६ थनासमेत फेला पारेको इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रमुख प्रहरी निरीक्षक नवीन राईले जानकारी दिए । 

पक्राउ परेकालाई खोटा चलनसम्बन्धी कसुर मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ । 
 

ad
ad