१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
रासस मलेखु (धादिङ)
२o८१ बैशाख २१ शुक्रबार o९:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

घाटबेँसी बस दुर्घटना अपडेट : मृतकको संख्या सात पुग्यो

Read Time : < 1 मिनेट
रासस, मलेखु (धादिङ)
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o९:o२:oo

धादिङको गजुरी गाउँपालिका– ५ घाटबेँसीमा भएको बस दुर्घटनामा  मृत्यु हुनेको संख्या सात पुगेको छ । कपिलवस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको लु.२ख २१२१ नम्बरको यात्रुवाहक बस पृथ्वी राजमार्गको घाटबेँसी भन्ने ठाउँबाट आज बिहान त्रिशूली नदीमा खसेको थियो  ।

दुर्घटनामा एकजना महिलासहित सातजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिए । मृतकको सनाखत हुन बाँकी छ । उनले दुर्घटनामा ३० जनाभन्दा बढी घाइते भएका बताए । प्रउ गौतमले भने, ‘घाइतेको उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि अधिकांशलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।’

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीयवासीले उद्धार गरिरहेका छन् । उद्धार जारी छ । बस नदीमा डुबेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीको अनुमान छ । सशस्त्र प्रहरी बल, विपत् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्धारमा जुटिरहेको छ । बसचालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका– ९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

ad
ad