१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार १८:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

गठबन्धन फेर्न प्रचण्डले देखाएका कारणमा सत्यता छैन : कांग्रेस

‘जनतासँग गरेका साझा प्रतिबद्धताबाट दोस्रोपटक पनि भागे’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १८:३६:oo

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कपोलकल्पित कुराहरू देखाएर गठबन्धन फेरेको नेपाली कांग्रेसले ठहर गरेको छ।

पार्टीको कार्यसम्पादन समिति बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै कांग्रेस प्रवक्ता प्रकाशशरण महतले गठबन्धन फेर्न प्रचण्डले देखाएका कारणहरूमा सत्यता नरहेको र पार्टीले खारेज गरेको बताएका हुन्।

‘जुनखाले कपोलकल्पित कुराहरू राखेर गठबन्धन फेरिएको जस्टिफिकेसन दिनुभएको छ, ती सबै कुराहरू हामी खारेज गर्छौँ। त्यसमा कुनै सत्यता छैन। उहाँको यो निर्णयले थप अस्थिरता र अन्योललाई बढावा दिएको छ,’ महतले भने।

आमनिर्वाचनमा जनतासँग गरेका साझा प्रतिबद्धताबाट प्रधानमन्त्री दुईपटकसम्म भागेको प्रवक्ता महतको आरोप छ। उनले भने, ‘यसअघिको आमनिर्वाचनमा साझा प्रतिबद्धताका साथ जनतामा प्रस्तुत भएका थियौँ। जनताबाट प्राप्त गरेको म्यान्डेट र त्यो प्रतिबद्धताबाट उहाँ (प्रचण्ड) दोस्रोपटक पनि भाग्नुभयो।’

ad
ad