१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण २२ मंगलबार
  • Monday, 21 April, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o फाल्गुण २२ मंगलबार o६:२o:oo
Read Time : < 1 मिनेट
खेलकुद

एनएनआइपिए अवार्ड चैतमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o फाल्गुण २२ मंगलबार o६:२o:oo

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) को आयोजनामा स्पोर्टस् अवार्ड १२ चैतमा हुने भएको छ । आयोजक एनएनआइपिएले सोमबार पत्रकार सम्मेलन गरी अवार्डको मिति घोषणा गरेको हो । अवार्डमा गत वर्ष गण्डकी प्रदेशमा भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश भएका ३६ खेललाई आधार मानेर मनोनयन गरिने एनएनआइपिएका सचिव मन्डेकाजी श्रेष्ठले जानकारी दिएका छन् । ३६ खेललाई आधार मानी सम्बन्धित संघले सिफारिस गरेका खेलाडीलाई वर्ष उत्कृष्ट खेलाडीबाट सम्मान गरिने उनले बताए । 

एनएनआइपिएले आयोजनाको स्थान भने पक्का गरेको छैन । ‘हामीले ललितपुरभित्रै अवार्ड गर्ने घोषणा गरिसकेका छौँ । चैतमा अत्यधिक वर्षा हुँदा त्यहीअुनसारको स्थान खोज्ने क्रम जारी छ,’ श्रेष्ठले भने, ‘विगतका केही वर्षदेखि उपत्यकाभित्र विभिन्न ऐतिहासिक, सांस्कृतिक सहरमा हुँदै आएको यो कार्यक्रम यसपटक ललितपुरमा हुनेछ ।’

अवार्डमा ३६ खेलबाट समान एक पुरुष र महिला सर्वोकृष्ट खेलाडी पुरस्कृत हुनेछन् । यसैगरी एक पुरुष र महिला प्रतिभाशाली खेलाडीलाई सम्मान गरिनेछ । साथसाथै एक खेल पत्रकारलाई एनएनआइपिए खेल पत्रकारिता पुरस्कार, एकजना पाका खेल व्यक्तिलाई गजराज आदर्श खेल व्यक्तित्व सम्मान र एकजनालाई वर्ष उत्कृष्ट पारा खेलाडीबाट सम्मान प्रदान गरिने महासचिव शिवसुन्दर गोथेले बताए । उत्कृष्ट खेलाडीले जनही १० हजार, सर्वोत्कृष्ट खेलाडीले एक लाख र प्रतिभाशाली खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

अवार्डमा फुटबल, साइक्लिङ, भलिबल, एथलेटिक्स, फेन्सिङ, तेक्वान्दो, ह्यान्डबल, जिम्नास्टिक, लन टेनिस, गल्फ, हक्की, सफ्ट टेनिस, पौडी, स्क्वास, उसु, भारोत्तोलन, ट्राथोलन र क्रिकेट छन् । यसैगरी क्रिकेट आइटिएफ तेक्वान्दो, फूल कन्ट्याक्ट कराते, जुडो, कुस्ती, रग्बी, ब्याडमिन्टन, बास्केटबल, शारीरिक सुगठन, आर्चरी, कबड्डी, खो–खो, टेबल टेनिस, कराते, प्याराग्लाइडिङ, बक्सिङ, बुद्धिचाल र सेपाकताक्रो रहेका छन् ।