१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १o:१८:oo
Read Time : > 2 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

चुनावको मुखमा इतिहासकै निराश अवस्थामा भारतीय कंग्रेस

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:१८:oo

लोकसभा चुनाव नजिकिँदै गर्दा विपक्षी इन्डिया (आएनडिआइए) गठबन्धनमा यसअघि कहिल्यै नदेखिएको निराशा र विभाजन देखिन्छ । कंग्रेस र अन्य सबै गठबन्धनबीचको सिट बाँडफाँडको वार्ता असफल भएको छ । नितीश कुमार र जयन्त चौधरी एनडिए गठबन्धनमा हाम फालेका छन् र कांग्रेसका वरिष्ठ नेताहरूले एक–एक गरेर पार्टी छोड्दै छन् । पछिल्लो समय महाराष्ट्रका पूर्वमुख्यमन्त्री अशोक चभान एक साताअघि पार्टी परित्याग गरी भारतीय जनता पार्टी (भाजपा)मा प्रवेश गरेका छन् ।

कंग्रेस यसअघि कहिल्यै नभएको कमजोर र निराश देखिएको छ । कंग्रेसले सहयोगीसँग मात्र होइन, आफ्नै घरलाई व्यवस्थित गर्न संघर्ष गर्दा सबै उपलब्धि खेर गएका छन् । पार्टीभित्र छिटै थप विद्रोहको अनुमान गरिएको छ । आगामी चुनावी अभियानमा प्रधानमन्त्रीको नम्बर एक निसाना कंग्रेस नै रहेको स्पष्ट छ । एक सूक्ष्म परिवर्तनमा मोदीले हाल इन्डिया गठबन्धनलाई मात्र लक्षित गरेका छैनन्, जसलाई उनले ‘अहंकारी’ र ‘भ्रष्ट’ भनेर व्याख्या गर्थे । अब उनको ध्यान विपक्षी क्याम्पको सबैभन्दा कमजोर कडी कंग्रेस र विशेषगरी गान्धी परिवारमा केन्द्रित छ ।

 कंग्रेसमाथि मोदीको आलोचना
चुनावअघि अन्तिमपटकका लागि स्थगित हुनुअघि लोकसभामा उनको अन्तिम भाषणमा प्रधानमन्त्रीको आक्रमण घरीघरी व्यक्तिगत थियो, किनभने उनले जवाहरलाल नेहरू र उनकी छोरी पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको आलोचना गरे । भाजपाका लागि कंग्रेसलाई शत्रु र गान्धी परिवारलाई छुट राजनीतिक रूपमा उपयुक्त हुने कथ्य हो । तर, मोदीले गान्धी परिवारको कटु आलोचना गर्छन् ।

कंग्रेसका धेरै समर्थकराहुल गान्धीको दोस्रो भारत जोडो यात्राबाट दिक्क छन् । यात्रा अवधि एक साताभन्दा बढी घटाइयो । यो समय राहुल गान्धीका लागि दिल्लीमा उपस्थित हुने, सिट बाँडफाँटको योजना बनाउने, टिकट वितरणलाई नजिकबाट हेर्ने समय थियो ।

प्रदेशस्तरमा भाजपाका लागि क्षेत्रीय दलहरू मात्र वास्तविक चुनौती सावित भएका छन् । महाराष्ट्रमा केही समयदेखि अनुमान गरिएको छ कि विपक्षी नेताहरूले पक्ष परिवर्तन नगरेमा भ्रष्टाचारविरोधी निकाय प्रवर्तन निर्देशनालय (इडी) र सिबिआईको कारबाही गर्ने धम्की दिइएको छ । यसलाई कसैले पनि सार्वजनिक रूपमा स्वीकार गर्दैन, तर तपाईंले अशोक चाभानले सामना गरिरहेको फौजदारी मुद्दा मात्र हेर्नुपर्छ । महाराष्ट्र एक मात्र राज्य हो, जहाँ एकनाथ सिन्दे र शिवसेनाको साथमा सत्तामा भए पनि भाजपा बेफाइदामा छ वा विपक्षीले चुनौती दिएका छन् ।

कंग्रेसले लगाम लगाउनुपर्छ
हालै इन्डिया टुडेले गरेको एक सर्वेक्षणले आमचुनावमा महाराष्ट्रमा विपक्षी एमभिएलको अग्रता रहने देखाएको छ । सायद त्यहीकारण धेरै विपक्षी नेताले आगामी सातामा क्याम्प परिवर्तन गर्न दबाबको सामना गर्नेछन् । तर, वरिष्ठ नेताहरूलाई पार्टीभित्र राख्ने प्रयास कंग्रेसले खासै गर्न नसकेको कुरा पनि अचम्मको विषय हो । पछिल्ला केही वर्षमा पार्टी परित्याग गरेका धेरैले शीर्ष नेतृत्वसँगको भेटका लागि गरेको आग्रहलाई बेवास्ता गरिएको गुनासो गरेका छन् । अशोक चाभानको मामला अचम्मको कुरा होइन । महिनौँदेखि उनको बहिर्गमनको चर्चा चलिरहेको थियो, तर उनीसँग पार्टीपंक्तिले बिरलै सम्पर्क गरेको थियो ।

कंग्रेसका धेरै समर्थक राहुल गान्धीको दोस्रो भारत जोडो यात्राबाट दिक्क छन् । यात्रा एक हप्ताभन्दा बढी घटाइयो  । यो समय राहुल गान्धीका लागि दिल्लीमा उपस्थित हुने, सिट बाँडफाँडको योजना बनाउने, टिकट वितरणलाई नजिकबाट हेर्ने समय थियो । उनले यो यात्रा तीन महिनाअघि नै गरिसक्नुपथ्र्यो । बरु यात्रामा हिँड्दा शीर्ष नेता उनको पछिपछि दौडिन व्यस्त छन् । इडीजस्ता एजेन्सीको दबाबले कंग्रेसका सहयोगीसँग सिट बाँडफाँड सम्झौता तोड्न बाध्य पारिरहेको केही कंग्रेस नेताहरू बताउँछन् । त्यो आंशिक रूपमा सत्य हुन सक्छ, तर धेरै साना दलले यो पनि गुनासो गरेका छन् कि कांग्रेसले राज्यहरूमा उसको औकातभन्दा धेरै सिट माग्छ, जुन सम्झौता उल्लंघनको कारक साबित भइरहेको छ ।

जस्तै, यूपीमा हेर्नुहोस्, जहाँ कंग्रेसले अघिल्लोपटक मात्र एउटा सिट जितेको थियो, तर समाजवादी पार्टीसँगको सम्झौतामा अहिले २० सिट दाबी गरिरहेको छ । अखिलेश यादवको ११ सिटको प्रस्ताव उदारभन्दा बढी छ । २०२४ का लागि लडाइँ छाडेको छैन भनेर देखाउने जिम्मेवारी विपक्षी विशेषगरी कंग्रेसको हो । किनकि अहिले उनीहरू डरलाग्दा देखिन्छन् ।
–गल्फ न्युजका लागि निधि राजदानको आलेख

ad
ad