१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
फाइल तस्बिर
इन्दीप कोइराला
२०८० फाल्गुण १९ शनिबार १६:१५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

खर्च रकम बुझाउन नसकेपछि बारा विस्फोटका मृतकको शव अस्पतालमै

Read Time : > 1 मिनेट
इन्दीप कोइराला
२०८० फाल्गुण १९ शनिबार १६:१५:००

निजगढ नगरपालिका–७ स्थित गाडी मर्मत गर्ने ग्यारेजमा गत सोमबार भएको विस्फोटमा परी उपचारको क्रममा मृत्यु भएका राकेश जयसवालको शव अझै पनि अस्पतालमै रहेको छ।

वीरगन्जस्थित वयोधा अस्पतालमा उपचारको क्रममा भएको खर्च रकम बुझाउन नसकेपछि आफन्तले शव घर लगेर दाहसंस्कार गर्न नसकेका हुन्। अस्पतालका अनुसार उनको उपचारमा पाँच लाखभन्दा बढी खर्च भएको छ। 

शव बुझ्न भनेर पुगेका आफन्त अस्पतालले मागेको रकम बुझाउन नसकेपछि त्यसै घर फर्किएका छन्। भारतको विहारस्थित मोतिहारी घर भएका ३५ वर्षीय राकेशले निजगढ– ९ स्थित कबाडी सञ्चालक रमेश जैयसवालको पसलमा कबाडीको सामान संकलन गर्ने काम गर्दै आएका थिए। उनले नै रमेशको कबाडी पसलबाट उक्त विस्फाेटक पदार्थ अटोरिक्सामा राखेर रोहित वर्कसपमा पुर्याएका थिए।

यसैबीच, सोमबार निजगढमा भएको विस्फाेटनको घटनामा प्रहरीले दिएको मृतकको नाम, थर, ठेगाना र उमेर पनि नमिलेको भन्दै मृतकका आफन्तले  सच्याउन माग गरेका छन्।

निजगढ– ७ स्थित रोहित वर्कसपमा तीनजनाको ज्यान जाने गरी गत भएको विस्फाेटमा ज्यान गुमाएका रौतहट देबाही गोनाही नगरपालिका– ९ का १८ वर्षीय रिपु रजक धोबीको नाम, थर, ठेगाना र उमेरसमेत फरक परेको भन्दै आफन्तले सच्याउन माग गरेका हुन्।

घटनापछि प्रहरीले सार्वजनिक गरेको घाइते र मृतकको विवरणमा उनको नाम ऋतु रजक, उमेर २० वर्ष र ठेगाना वीरगन्ज उपमहानगरपालिका वडा नम्बर ९ उल्लेख गरेको थियो। रोहित वर्कसपनजिकै कोठा भाडामा लिएर बस्दै आएकी उनकी सानीआमा सुशीला रजकले प्रहरीले आफूहरूसँग सम्पर्क नै नगर तयार पारेकाले विवरण फरक परेको बताइन्।

उनीले रिपु घटनाका अर्का मृतक वर्कसप सञ्चालक रेशम मगरको साडुभाइको छोरा भएको पनि जानकारी दिइन्। वर्ष दिनअघिदेखि नै रेशमकै घरमा बसेर वर्कसपमा काम गर्दै आएका रिपुको उपचारका क्रममा वीरगन्जस्थित वयोधा अस्पतालमा गत मंगलबार बिहान मृत्यु भएको थियो।

घटनामा गम्भीर घाइते बनेका अर्का भारत रामघडवाका १३ वर्षका अरबिन्द साहको नेसनल मेडिकल कलेजमा उपचार भइरहेको छ। उपचारको क्रममा दाहिने हात र देब्रे खुट्टा काटिएका उनकोे अवस्थामा केही सुधार आएको छ।