१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १३:५७:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पिनाकल स्कलर्स एकेडेमीले मनायो 'पिनाकल फेस्ट'

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १३:५७:oo

काठमाडौंको कलंकीमा रहेको पिनाकल स्कलर्स एकेडेमीले 'पिनाकल फेस्ट' मनाएको छ । विद्यालयले २६औँ वसन्त पार गरेको उपलक्ष्यमा शनिबार फेस्टको आयोजना गरेको हो । 

करिब एक हजार अभिभावकको उपस्थितिमा गरिएको कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीले आफ्नो प्रस्तुति देखाएका थिए। विद्यार्थीहरूले नाचगान, वाद्यबादन, उद्घोषण कलालगायतका विषयमा आफ्नाे कला प्रस्तुत गरेका थिए ।

यस अवसरमा ९०० बढी विद्यार्थीको सहभागिता रहेको विद्यालयका प्रशासक भरत भुसालले जानकारी दिए । 'सहयोग, समन्वय र सहकार्य' मूल नारा रहेको यस कार्यक्रममा विद्यालयका प्रिन्सिपल, एकेडेमिक डाइरेक्टरलगायत विद्यालयका अन्य इन्चार्जहरूले विद्यालयले वार्षिक रूपमा गुणस्तरीय शिक्षाको बारेमा गरेका प्रगतिको बारेमा प्रकाश पारेका थिए । यसैगरी, आगामी शैक्षिक सत्रको शैक्षिक योजनाहरुको बारेमा समेत अभिभावकहरूलाई जानकारी गराइएको थियो ।

'विद्यालयले यस्ता सिर्जनशील कार्यक्रमहरू विगतदेखि नै गर्दै आएको छ,' भुसालले भने, 'विद्यालयले समय समयमा विज्ञान प्रदर्शनी, आइटी प्रदर्शनी, आर्ट एन्ड क्राफ्टलगायतका प्रदर्शनी गर्दै आएको छ ।' 

विद्यालयमा विभिन्न क्लबहरू छन् । जस्तै: डान्स, म्युजिक, स्पोट्स, स्टिम, एसक्युसी (स्टुडेन्ट क्वालिटी सर्कल), रोबाेटिक्स आदि । यी क्लबहरूमा आबद्ध भएका विद्यार्थीहरूले वर्षभरि गरेका क्रियाकलापलाई अभिभावक माझ प्रस्तुत गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रिन्सिपल निमिराज घिमिरेले जानकारी दिए। 

२१औँ शताब्दीको शिक्षण सिकाइको बारेमा अभिभावकलाई जानकारी दिन र विद्यार्थीहरूको नेतृत्व विकासमा टेवा पुगोस् भन्ने हेतुले विद्यालयले यस्तो कार्यक्रम गर्दै आएको प्रिन्सिपल घिमिरेले बताए ।

कार्यक्रममा शिक्षक, विद्यार्थी र अभिभावकको को-अपरेसन, को-अडिनेसन र कोलाबरेसन गरिएका कार्यक्रमको प्रस्तुती देखाइएको थियो । 'पिनाकल फेस्ट' हार्मोनियस सिम्फनीको रूपमा अभिभावक दिवस सम्पन्न भएको छ ।


 

ad
ad