१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
तिवारी यादव वीरगन्ज
२o८१ बैशाख १८ मंगलबार १२:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पर्सामा मृत अवस्थामा बाघ फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १२:४४:oo

पर्साको सखुवा प्रसौनी गाउँपालिका– २ रामभौरी टोलनजिकै एउटा बाघ मृत अवस्था फेला परेको छ।

शनिबार बिहान दीपनारायण आदर्श माविको खाली खेतमा बाघ मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिए।

स्थानीयवासीले खेतमा बाघ मरेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। बाघ मृत अवस्थामा फेला परेको खबर सबडिभिजन कार्यालय रंगपुरमा पनि दिइएको प्रहरी निरीक्षक केशरीले बताए।

वनको कर्मचारी आएर छानबिन भएपछि आफैँ मरेको वा मारिएको हो भन्ने विषय खुल्ने केशरीले बताए।

ad
ad