१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
रासस काठमाडौं
२o८१ बैशाख १९ बुधबार १६:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

नेप्से परिसूचकमा उच्च अंकको गिरावट

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १६:o८:oo

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार पनि उच्च अंकले ओरालो लागेको छ। नेप्से परिसूचक २८.६८ अंकले ओरालो लागेर एक हजार नौ सय ७२.०९ विन्दुमा सीमित भएको छ।

ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक ४.७९ अंकले ओरालो लागेर तीन सय ५१.६५ मा सीमित भएको छ। आज कारोबार भएका कुल १३ उपसमूह नै ओरालो लागेको हो। कुल ७४ लाख ४६ हजार नौ सय ९१ कित्ता सेयर रु. दुई अर्ब ५९ करोड ८७ लाख ३७ हजार दुई सय २८ मूल्यमा कारोबार भएको छ।

कारोबारका आधारमा सोनापुर मिनरल्स शीर्ष स्थानमा छ। सो कम्पनीको रु. ११ करोड १३ लाख १० हजार तीन सय ४६ बराबरको कारोबार भएको छ। जोशी हाइड्रोपावर रु. १० करोड १४ लाख ३३ हजार चार सय ५५, हिमालयन रिइन्स्योरेन्स रु. आठ करोड तीन लाख ३५ हजार, हाथवे इन्भेस्टमेन्ट रु. ६ करोड ५९ लाख ९१ हजार छ सय ९६ र शिवम् सिमेन्ट रु. पाँच करोड २१ लाख १२ हजार आठ सय ७० बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।
 
नेप्सेका अनुसार बोटलर्स नेपाल बालाजुको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। मनकामना स्मार्ट लघुवित्त ९.८६, मानुषी लघुवित्त ३.९८, समाज लघुवित्त ३.९०, एनएमबी–५० का लगानीकर्ताले ३.५९ प्रतिशतले गुमाएका छन्।

त्यस्तै, जोशी हाइड्रोपावर १०, अप्पर स्यांगे हाइड्रोपावर ८.६२, मैलुङ हाइड्रोपावर ८.०१, इन्ग्वा हाइड्रोपावर ७.५८ र एनआइसी एसिया ग्रोथ फन्ड दोस्रोका लगानीकर्ताले ७.५७ प्रतिशतले गुमाएका छन्।

ad
ad