१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १२:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

‘अगस्त्य’को अग्रिम टिकट बुकिङ खुला, देशभर २५९ शो उपलब्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १२:३२:oo

यही शुक्रबारदेखि विश्वव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘अगस्त्य च्याप्टर १’ को एडभान्स बुकिङ खुलेको छ। फर्स्टलुक, टिजर र ट्रेलरबाट उच्च हाइप पाएको फिल्मलाई देशका अधिकांश थिएटरले उच्च शो दिएका छन्। 

सौरभ चौधरी निर्देशित फिल्मलाई देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले उपत्यकाभित्र १५ शो दिएको छ भने उपत्यकाबाहिर २९ शो दिएको छ।

यस्तै, काठमाडौंको वान सिनेमाजले दुई चेन गरेर आठ शो, बिग मुभिजले तीन शो, एफक्युबले तीन शो, बिएसआरले चार शो, आइएनआई चेनले सबै हलमा गरेर १२ शो दिएको छ। उपत्यकाबाहिरका अन्य थिएटरले प्रत्येक थिएटरमा तीन–तीन शो दिएका छन्।

शोको अनुपात हेर्दा देशभरका एक सय ११ फिल्म हलले ‘अगस्त्य च्याप्टर १’लाई दुई सय ५९ शोहरू उपलब्ध गराएका छन्।

फिल्मका लागि कलाकार सौगात मल्ल र नाजिर हुसेनले गरेको मिहिनेतको सर्वत्र प्रशंसा भइरहेको छ। यो फिल्मका लागि सौगातले आफ्नो तौल २० केजी घटाएर १० केजी बढाएका थिए। उनले तौल घटाएर बनाएको शरीर, ४५ डिग्री तापक्रममा पनि गरेको कामले नयाँ हाइप कायम गरेको छ। यो विषयका कारण पनि फिल्मको चर्चा चुलिएको हो।

यसैगरी, अर्का कलाकार नाजिरले फिल्मकै लागि २० किलो तौल बढाउनुले आफ्नो चरित्रका लागि कति मिहिनेत गरेका छन् भन्ने प्रस्ट्याउँछ। फिल्ममा सौगात र नाजिरको एक्सन लुक्स, प्रमोद अग्रहरिको भिलेन लुक्स र निश्चल बस्नेतको झलकले पनि फिल्मको हाइप बढाइदिएको छ।

डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्म अमेरिका र बेलायतमा आठ सयदेखि एक हजार शो, क्यानडामा एक सय ५० शो, युरोपका अन्य देशसँगै जापान, कोरिया, हङकङ र थाइल्यान्डमा एक सय ५० शो, अस्ट्रेलिया र न्युजिल्यान्डमा पाँच सय शो र मध्यपूर्वका देशहरूमा सात सय ५० शोमा रिलिज हुने बताइएको छ।

ad
ad