मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १६ बुधबार
  • Sunday, 16 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o फाल्गुण १६ बुधबार १९:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राप्रपाले चैत १६ मा काठमाडौंमा जनप्रदर्शन गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण १६ बुधबार १९:५२:oo

राप्रपाले १६ चैतमा काठमाडौंकेन्द्रित जनसंघर्ष गर्ने निर्णय गरेको छ। पार्टीले ९ फागुनमा सरकारसमक्ष पेस गरेको ४०बुँदे मागपत्र पूरा गराउन फागुन तेस्रो सातादेखि चैत दोस्रो सातासम्म सबै जिल्लामा जनदबाबका कार्यक्रम सञ्चालन गर्ने पनि निर्णय गरेको छ। 

‘चैत १६ गते काठमाडौंमा जनप्रदर्शन आयोजना गर्दै छौँ, त्यसअघि जागरणसभाहरू आयोजना गर्ने निर्णय भएको छ,’ राप्रपा प्रवक्ता मोहन श्रेष्ठले भने। यस क्रममा राप्रपाले बुधबार देशैभरिबाट अगुवा कार्यकर्ता बोलाएर प्रशिक्षण दिएको छ। 

प्रवक्ता श्रेष्ठका अनुसार अध्यक्ष एवं आन्दोलन मूल समितिका संयोजक राजेन्द्र लिङ्देन, पूर्वअध्यक्ष एवं निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नीतिगत तथा आन्दोलनको अपरिहार्यताका विविध विषयमा कार्यकर्तालाई प्रशिक्षण दिए।

पार्टी महामन्त्री एवं आन्दोलन परिचालन समितिका संयोजक डा. धवलशम्शेर राणाले संघर्षको कार्यक्रमका खाका, कोषाध्यक्ष, आर्थिक समिति संयोजक नीलकण्ठ काफ्लेले अर्थ व्यवस्थापन र प्रवक्ता एवं आन्दोलन प्रचार समितिका संयोजक मोहन श्रेष्ठले आन्दोलनको प्रचार रणनीति विषयमा सहभागीहरूलाई प्रशिक्षण दिएका थिए। 

राप्रपाले २३ फागुनमा जिल्ला तहमा तयारी बैठक र प्रशिक्षण, २८ फागुनमा संघीय र प्रदेश सभा निर्वाचन क्षेत्रमा, सबै स्थानीय तहमा तयारी बैठक, ७ चैतसम्म सबै जिल्लामा प्रचारात्मक कार्यक्रम, घरदैलो, कोणसभा र साना ठूला सभा गर्नेछ। 

यसैगरी, १० चैतमा देशका मुख्य सहरमा मोटरसाइकल र्‍याली र १४ चैतमा पार्टीनिकट राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक संगठनले राष्ट्रिय झण्डासहित राजधानीमा परेड प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ।