१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १४:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

कप्तान रोहितले बनाए अर्धशतक, कुशल मल्ल सस्तैमा आउट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १४:१४:oo

नेदरल्यान्ड्सले दिएको एक सय ८५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाली कप्तान रोहितकुमार पौडेलले अर्धशतक पूरा गरेका छन् ।

रोहितले ३५ बलमा दुई छक्का र पाँच चौकाको मद्दतमा ५० रन पूरा गरेका हुन् । टी–२० अन्तर्राष्ट्रिय करिअरमा यो उनको छैटौँ अर्धशतक हो । उनले टी–२० मा अहिलेसम्म शतक बनाउन भने सकेका छैनन् । उनको सर्वाधिक स्कोर ६१ रहेको छ । आज उनीसँग आफ्नो रेकर्ड सुधार गर्ने तथा नेपाललाई जित दिलाउने मौका छ ।

यसैबीच नेपालका सबैभन्दा विस्फोटक ब्याटर कुशल मल्ल सात बलमा ११ रन बनाएर आउट भएका छन् । उनी साइब्रान्ड एंगलब्रेक्टको बलमा तेजा निदामानुरूबाट क्याचआउट भए । 

तेस्रो विकेट गुमाउँदा नेपालले ११.२ ओभरमा ९७ रन बनाएको छ । 

ad
ad