
टी–२० आई त्रिकोणीय शृंखलाअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको म्याचमा नेपालले दोस्रो विकेट गुमाएको छ ।
नेदरल्यान्ड्सले दिएको एक सय ८५ रनको लक्ष्य पछ्याइरहेको नेपालले नवौँ ओभरको पहिलो बलमा ६५ रनको अवस्थामा दोस्रो विकेट गुमाएको हो । सानदार ब्याटिङ गरिरहेका ओपनर आसिफ सेख रोलफ भान डर मर्वको पहिलो स्पेलको पहिलो बलमै विकेट गुमाउन पुगे ।
ठूलो सट खेल्न क्रिजबाहिर निस्किएका आसिफलाई विकेटकिपर स्कट एडवार्ड्सले स्टम्पिङ गरे । २३ बल खेलेर आउट हुनुअघि आसिफले एक छक्का र चार चौकाको मद्दतमा ३४ रन बनाइसकेका थिए ।
आउट हुनुअघि आसिफले कप्तान रोहितकुमार पौडेलसँग मिलेर ६५ रनको साझेदारी गरे । यी दुईले ३१ बलमै ५० रनको साझेदारी पूरा गरेका थिए ।
रोहित अहिले पनि क्रिजमा छन् । अर्कोतर्फ विस्फोटक ब्याटर कुशल मल्ल छन् । दश ओभर सकिँदा रोहितले ३० बलमा ४२ रन बनाएका छन् । कुशल तीन बलमा तीन रनमा छन् ।