१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
रासस काठमाडौं
२o८१ बैशाख १९ बुधबार १६:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

नेप्से परिसूचक नौ अंकले बढ्यो

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १६:३८:oo

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज पनि बढेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ९.३४ अंकले उकालो लागेर दुई हजार १.६४ विन्दुमा पुगेको हो।

ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.११ अंकले उकालो लागेर तीन सय ५७.०९ मा पुगेको छ। कारोबार भएका कुल १३ उपसमूहमध्ये ६ उपसमूहको सेयर मूल्यमा गिरावट आउँदा सात उपसमूहको सेयर मूल्य बढेको छ।

कुल ५२ लाख ३९ हजार चार सय १६ कित्ता सेयर रु. एक अर्ब ८६ करोड ९८ लाख १३ हजार पाँच सय २६ मूल्यमा खरिद–बिक्री भएका छन्। कारोबारका आधारमा सोनापुर मिनरल्स शीर्ष स्थानमा छ । सो कम्पनीको रु. १४ करोड १९ लाख ६२ हजार ६ सय ९० बराबरको कारोबार भयो। 

शिवम् मिसेन्ट रु. आठ करोड २९ लाख ८२ हजार ६ सय ६८, हिमालयन रिइन्स्योरेन्स रु. ६ करोड ४० लाख २६ हजार नौ सय ३९,घोराही सिमेन्ट रु. पाँच करोड चार लाख ९० हजार दुई सय ६९ र हिमालयन डिस्टिलरी रु. तीन करोड ५८ लाख ६८ हजार नौ सय ६४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार बोटलर्स नेपाल बालाजु र बिपिडब्लू लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सामलिङ पावर कम्पनी ९.२६, बोटलर्स नेपाल तराई ८.७२ र गुराँस लघुवित्तका सेयरधनीले ८ प्रतिशतले कमाएका छन् ।

त्यस्तै, चिर्खवा हाइड्रोपावर ५.०६, कालिञ्चोक दर्शन ४.३०, ज्योति विकास बैंकको ऋणपत्र ३.६२, मैलुङ हाइड्रोपावर ३.५३ र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले ३.१४ प्रतिशतले गुमाएका छन् ।

ad
ad