Skip This
कौसीमा के रोप्ने ?
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १४ सोमबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o फाल्गुण १४ सोमबार ११:o९:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o फाल्गुण १४ सोमबार ११:o९:oo

कौसीमा विशेष गरी छोटो समयमै फल्ने फलफूल तथा तरकारी रोप्दा उपयुक्त हुन्छ । कौसीलाई हरियाली बनाउने खालको तरकारी रोप्नुपर्छ । रायोको साग, गाँजर, मुला, काउली, बन्दा, लौका, खुर्सानी, फर्सी, सिमी, घिरौँला, धनियाँ, मेथी, चना, पालुङ, लसुन रोप्दा राम्रो हुन्छ । कौसीमा गोलभेँडा, बन्दालगायत तरकारी पनि फलाउन सकिन्छ । यसले दैनिक रूपमा तरकारी तथा फलफूल किन्ने पैसा बचत हुन्छ । 

हेरचाह
तापक्रम मेन्टेन गर्नका लागि कौसीमा स्ट्यान्ड राख्ने र त्यसमाथि टनेल बनाउने गर्न सकिन्छ । बजारमा ‘वाटरपु्रफ’ प्लास्टिक पनि पाइन्छ । धेरै पानी र धेरै घाम पनि नहोस् भनेर प्लास्टिक प्रयोग गरिन्छ । गर्मी र जाडोमा यसले इन्सुलेसनको रूपमा काम गर्छ । तपाईं आफ्नो घरमा ताजा र स्वच्छ हावा प्राप्त गर्न सक्नुहुन्छ र हरियो ताजा तरकारीको मजा पनि लिन सकिन्छ ।

घरबाट निस्किने कुहिने फोहोरलाई मलका रूपमा प्रयोग गर्न सकिन्छ । तर, चिल्लो र अमिलो हुने फोहोर हाल्नुहुँदैन । माछा–मासु हाल्नुहुँदैन । उचित मात्रामा माटो र मलको प्रयोग गर्नुपर्छ । सिमेन्ट, बालुवालगायत मिसियो भने माटो एकढिक्का भएर बस्छ र बिरुवा फैलन पनि सक्दैन । माटो मात्रै प्रयोग गर्दा किरा पर्न सक्छ । धेरैले बिरुवा रोप्न माटोसँग कोकोपिट मिसाउने गरेका छन् । कोकोपिट नरिवलको जट्टाको धुलो हो । यसमा कम्पोस्ट मल वा अर्गानिक कम्पोस्ट मल मिश्रण गरेर प्रयोग गर्न सकिन्छ । घरमै पाइने ढुटो, भुस पनि प्रयोग गर्न सकिन्छ । 

बजारमा बिरुवा रोप्नका लागि ‘ग्रो ब्याग’ पनि पाइन्छ । बिरुवा कतिसम्म झाँगिन्छ वा ठूलो हुन्छ, त्यहीअनुरूप बिरुवा रोप्ने भाँडा प्रयोग गर्नुपर्छ ।